आँधीका कारण टेक्सासका जेलबाट नेपाली बन्दी सारियो


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

टेक्सासमा आएको आँधीका कारण टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टरमा रहेका नेपाली बन्दीहरुलाई अन्यत्रै सारिएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पोर्ट इशावेल डिटेन्सन सेन्टरमा रहेका बन्दीहरुलाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको पुष्टी गरेको छ ।

मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा पक्राउ परेका केही नेपालीहरु समेत यो डिटेन्सन सेन्टरमा रहेका छन् । उनीहरुलाई अरु डिटेन्सन सेन्टरहरुमा सारिएको आइसले पुष्टी गरेपनि कहाँ कहाँ सारेको भन्नेबारे केही बताएको छैन । तर बन्दीका वकिललाई भने यसबारे जानकारी गराइएको आइसले जनाएको छ ।

सीबीपी र आइस हिराशतमा रहेकाहरुलाई आँधीबाट प्रभावित हुन नदिन सचेत रहेको जनाइएको छ । टेक्सासको आँधीबाट प्रभावित भएर सुरक्षित स्थानमा राखिएकाहरु, सेल्टर र एसिस्टेन्ट सेन्टरहरुमा गैर आपराधिक अध्यागमन अपरेशन संचालन नगर्ने समेत आइसले स्पष्ट पारेको छ ।

टेक्सासमा आँधीका कारण ३० वटा काउन्टीहरुलाई प्रकोपक्षेत्र घोषणा गरिएको छ भने लुजियानाका गभर्नरले संकटकालको घोषणा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com