अमेरिकामा अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो ।

ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२८ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।

महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्नमा ढकाल सकृय रहदै आउनुभएको छ ।

एकपटकको नेपाली, संधैको नेपाली अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ताको रुपमा पनि ढकालको परिचय स्थापित छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२००५ मा अमेरिका आउनु भएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ढकाललाई प्रदान गरिएको थियो ।

अहिले उहाँले थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्न थाल्नुभएको छ भने रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गर्नुभएको छ । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ ।

ढकालले नेपालका बिभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ । एनआरएनको हैसियतमा उहाँको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । हाइड्रो पावर, नेपाल क्यान्सर अस्पताल र तक्षशिला एकेडेमीमा ढकाल परिवारको लगानी छ ।

ढकाल परिवार सामाजिक कार्यमा पनि त्यतिकै सकृय छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि महापुराण लगाएर झन्डै ११ लाख डलर सङ्कलन गर्ने कार्यको संयोजन गरेका ढकाल परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेको थियो ।

नेपाल सरकारको तर्फबाट सानडियागो सहरका लागि अवैतनिक वाणिज्यदुतका हैसियतमा २०१३ मा नियुक्त ढकालले आफूलाई सानडियागो क्षेत्रमा मात्र सीमित राख्नुभएको छैन । सिंगै क्यालिफोर्निया र खासगरी लसएन्जलस क्षेत्रमा उहाँ निकै सकृय रहदै आउनुभएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com