च्याउको मूल्य अचम्म लाग्दो ! किलोको मूल्य कति ?


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

जापानको मासुताके च्याउ विश्वको सबैभन्दा महँगो च्याउ हो । एक पाउन्ड करिब ४५३ ग्राम मासुताके च्याउको मूल्य ५०० डलर अर्थात ६६ हजार ८६ नेपाली रुपैयाँ पर्छ । यो च्याउ कोरियाली प्रायद्विप, चीन र अमेरिकामा पनि उम्रिन्छ । तर जापान विशेषगरी क्योटो क्षेत्रको च्याउ स्तरीय हुने बताइन्छ ।

यो च्याउको मूल्य धेरै कुराले प्रभावित हुन्छ । पहिलो त यो दुर्लभ छ । गएको ७० वर्षमा यसको उपज ९५ प्रतिशतले घटेको छ । यो च्याउ वर्षमा एक पटक सेप्टेम्बर वा अक्टोबरमा मात्रै टिपिन्छ । हरेक वर्ष १ हजार टन भन्दा कम मासुताके भेटिन्छ ।

यी च्याउ रातो धुप्पीको रुख भएको ठाउँमा पाइन्छ । यसलाई जोकोहीले खोज्न अनि भेट्टाउन पनि सक्दैनन् । अहिलेसम्म यो च्याउको कृत्रिम रूपमा खेती गर्ने प्रयास अव्यवहारिक साबित भएको छ ।

जापानी बजारमा आयातित मासुताके एक पाउन्डको ५० डलरमै पाइन्छ । तर जापानी च्याउको भाउ १० गुणासम्म धेरै हुन्छन् । घरेलु क्रेताका लागि आयातित र घरेलु च्याउबिच फरक छुट्याउन सहज होस् भनेर आयातित च्याउ पखालेर मात्रै विक्रीका लागि उपलब्ध गराउनु पर्ने कानुन छ । जापानी मासातुकेको गन्ध ‘कडा’ हुन्छ, यसको टेक्ष्चर मासुको जस्तो हुन्छ ।

च्याउ उम्रिन रातो धुप्पी पाइने ठाउँ नै चाहिन्छ बढी ताप र किरा फ्ट्याङ्ग्राको आक्रमणले च्याउको उपज प्रभावित हुन्छन् । अति सुख्खा ठाउँमा यो च्याउ उम्रिँदैन । यो च्याउलाई जापानमा सुपमा बढी प्रयोग गरिन्छ । यो च्याउ यति धेरै मूल्यका लागि योग्य होला त रु यो चाँहि जवाफ दिन अलि मुस्किल प्रश्न हो । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com