फिलिपिन्सको पर्यटन राजस्व दोव्बरले बृद्धि


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

फिलिपिन्सको व्यापार तथा उद्योग विभाग डीटीआई का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात १ खर्ब ३ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् २०२२ को तुलनामा ४ दशमलव ८ प्रतिशत बढी हो ।

देशको केन्द्रीय बैङ्कको तथ्याङ्क उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताउनुभयो ।

बढ्दो पर्यटन सञ्जाल र प्रबद्र्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर भन्दा बढी अर्थात् ९ दशमलव १ अर्ब डलर पुगेको छ ।

डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७ दशमलव ४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभउका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पु¥याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो ।

सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३ दशमलव ४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com