प्रधानमन्त्रीलाई परराष्ट्रविद्को आग्रह -‘नाकाबन्दीबारे सोध्नोस्’


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

भारत भ्रमणका क्रममा नेपाल–भारतबीचको सम्बन्धमा देखिएको तिक्तता अन्त्यको बाटो पहिल्याउन प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्रविद्हरूले सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकाबारेमा बुधबार पूर्वपरराष्ट्र मन्त्रीहरूसग छलफल गर्नुभएको थियो । सो क्रममा पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्रविद्हरूले भारत भ्रमणमा जादा नेपालमा केहि समय अघि लगाईएको नाकाबन्दीका बिषयमा पनि प्रश्न सोध्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरेका छन् । पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले दुई देशको सम्बन्ध प्रगाढ बनाउनका लागी प्रधानमन्त्रीको भारत भ्रमण अझै महत्वपूण हुने भन्दै दुई मुलुकको तिक्तता अन्त्य गर्ने बाटो खोज्न सुझाव दिईएको बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–भारत सम्बन्धमा ठूलो दुर्घटना निम्तिएको बताउदै नेपाल–भारत सम्बन्धमा किन यति ठूलो दुर्घटना निम्तियो ? भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिईएको बताउनुभयो ।
पूर्वपरराष्ट्रमन्त्री पाण्डेले मधेसवादी दलसग भएको सहमतिअनुसार संविधान संशोधन सम्बन्धी विधेयक भारत जानुअघि नै संसद्मा दर्ता गराउन सुझाव दिएको बताउनुभयो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै पनि नयाँ सम्झौता नहुने बताउ“दै पुरानै सम्झौतालाई कार्यान्वयन गराउने बारेमा छलफल हुने बताउनुभयो । छलफलमा क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणको तालिकाको बारेमा पनि जानकारी गराउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com