युरोपका अधिकांश देशमा २३ घण्टाको मार्च ३१, घडी मिलाउनुभयो त ?


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

round black and brown analog clock

तपाईले आफ्नो घडी मिलाउन विर्सनुभएको त छैन ? युरोपका अधिकांश देशमा मार्च ३१ मा १ घण्टा समय कम भएको छ । अर्थात् युनिभर्सल समय अनुशार युरोपका कतिय देशमा मार्च ३१ को विहान १ बजेर ५९ मिनेट गइसकेपछि २ बजेन, एकैचोटी ३ बज्यो । कतिपयमा यो १ नबजी २ बज्यो भने कतिपय देशमा २ नबजी ३ बज्यो । कतिपय देशमा भने ३ नबजी ४ बज्यो ।

तपाईको घडी इन्टरनेटसँग जोडिएको छ भने तपाईले घडी मिलाउनु पर्दैन । अर्थात मोवाइल, ल्यापटप, आइप्याड लगायतका उपकरणमा भएका घडीहरुमा अटोमेटिक समय आफै मिलिसकेको छ । तर तपाईले हातमा लगाउने घडी वा भित्ता वा टेबुलमा रहेको घडी म्यानुअल छ भने चाँही समय मिलाउनुपर्छ ।

१ घण्टा समय घटेकाले ३१ मार्च २३ घण्टाको भएको थियो । मार्च ३१ देखि डे लाइट सेभिंग सुरु भएकाले समय घटेको हो । यसको अन्त्य आगामी अक्टोबर २७ मा हुनेछ । अर्थात् अक्टोबर २७ , २०२४ भने २५ घण्टाको हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसले ओगटेका क्षेत्रहरू बाहेक युक्रेनले समय परिवर्तन गरेको छ । तर रूस, आइसल्याण्ड र बेलारुसले भने समय परिवर्तन गरेका छैनन् । सन् २०१९ मा युरोपेली संघले समय परिवर्तन खारेज गर्ने लष्य राखेको थियो तर अहिलेसम्म केहि भएको छैन। युरोपेली काउन्सिलले अझै वार्ता सुरु गर्न सकेको छैन।

हालैका वर्षहरूमा, ब्रेक्सिट, कोभिड १९ महामारी, र युक्रेनमा युद्ध जस्ता मुद्दाहरूले विषयलाई थप जटिल बनाएका छन्। त्यसैले यसबारे कुनै पनि परिवर्तन चाँडै हुने सम्भावना छैन। अमेरिका र क्यानडाले युरोप भन्दा तीन हप्ता अगाडि मार्च १०, २०२४ मा समय परिवर्तन गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com