हत्या विरुद्ध महिलाहरु सडकमा


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

– आनन्द गौतम, ताप्लेजुङ

भाद्र १२, २०७४- असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन । सडकमा पत्रकार सम्मेलन गरेर आन्दोलनको सुरुवात गरेको अन्तरपार्टी महिला सञ्जालले प्रहरी कार्यालयमा धर्ना दिने, र्‍याली गर्ने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्लामा सक्रिय राजनीतिकदलका प्रतिनिधि सम्मिलित सञ्जालका अध्यक्ष चित्रा मेन्याङवोले एउटी महिलाको विभत्स हत्या भएको डेढ महिनासम्मपनि अपराधी पक्राउ नपर्नुले प्रहरीको अनुसन्धानमाथि शंका भएको दाबी गरिन् । उनले यस्तै अवस्था रहे हरेक महिलाले त्रसित भएर बाँच्नु पर्ने अवस्था रहेको बताइन् अपराधी पक्राउ नपरेसम्म लगातार आन्दोलन गर्ने चेतावनी दिएको सञ्जालले राज्यले निरिहता देखाएको बताइन् ।

प्रहरीले भने अनुसन्धान प्रक्रिया चलिरहेको बताएको छ । निमित्त प्रहरी प्रमुख होमप्रसाद दाहालले जिल्ला र क्षेत्रीय अनुसन्धान ब्युरोको टोलिले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार संकास्पद केही ब्यत्तिलाइ पक्राउपनि गरिएको छ भने केहीलाइ आवश्यक अनुसन्धानपछि तारेखमा छोडिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२१ वर्षीया सृजना असार ३० गते बहान आफ्नै घर छेउमा मृत अवस्थामा भेटिएकी थिइन् । श्रीमान वैदेशिक रोजगारमा रहेकाले उनी घरमा ६ वर्षीय छोराका साथमा थिइन् । मृतकका माइतीपक्षले परिवारबाट हत्या भएको दाबी सहितको जाहेरी दिएको छ । तर प्रहरीले घटनाको पुष्टि नभएको भन्दै जाहेरी दर्ता गरेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com