बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला सम्पन्न भएको छ ।

त्यसअवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

उहाँले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बङ्गलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालसँग लगानीका माध्यमबाट दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बङ्गलादेश इच्छुक रहेको बताउनुभयो ।

उहाँले ऊर्जा क्षेत्रमा नेपालसँग भएको सहकार्यबारे जानकारी दिँदै आफ्नो देशको बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न आपसी साझेदारी अपरिहार्य रहेको बताउनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनका विविध पक्षलाई समेटेर तयार पारिएको सामग्री प्रस्तुत गर्दै नेपाल आकर्षक गन्तव्यका रुपमा विकसित भएको बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले बङ्गलादेशी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान गर्नुभएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । गोष्ठीमा बङ्गलादेशका सांसद, उच्च पदस्थ सरकारी अधिकारी, विद्वत् संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति तथा सञ्चारकर्मीसहित ८० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com