विवाह गरेको ३ बर्षसम्म शारिरीक सम्वन्ध नराखेपछि श्रीमान बिरुद्ध श्रीमतीको उजुरी


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन् । प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ । र, प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।

प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । बिहेपछि म श्रीमानको घर गएँ । विवाह भएदेखि मेरो श्रीमानले मसँग शारीरिक सम्बन्ध राखेका छैनन् । त्यसपछि मैले घरका सदस्यललाई भनेँ । तर, उनीहरूले पनि श्रीमानलाई कुरा बुझाएनन्।’

त्यसपछि पीडित महिलाले श्रीमानलाई शारीरिक सम्बन्ध किन नराखेको भनेर सोधिन् । तर, उनी बारम्बार गाली र कुटपिट गर्थे । यति मात्र होइन माइती जाने कुरा सुनेपछि भन्थे– ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु ।’

महिलाका अनुसार उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन् । तर, अहिले पनि श्रीमान लगायत उनको परिवारले उनलाई लगातार धम्की दिइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडित युवती भारतको विहार राज्यको मुजफ्फरपुर वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन् । आरोपित श्रीमान् अहियापुर थाना इलाकाका हुन् । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com