न्युजर्सीका नेपाली दम्पत्तिको फाउण्डेशनले गरिब विद्यार्थीलाई सघाउन होस्टेल खोल्दै


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

अमेरिकाको न्युजर्सी निवासी नेपाली व्यवसायी दम्पत्ति राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठले स्थापना गरेको राजेन्द्र अन्जना फाउण्डेशनले पर्वतमा सिमान्तकृत विद्यार्थीलाई सघाउन एआरसी होम खोल्ने घोषणा गरेको छ । फाउन्डेसनले पर्वत जिल्लाको पैंयुमा एआरसी होम नामको होस्टेल स्थापना गर्ने योजना बनाएको जनाएको छ ।

यो होस्टेलले ग्रामीण क्षेत्रका अति विपन्न, गरिब वा सीमान्तकृत विद्यार्थीहरूका लागि आश्रय, शैक्षिक स्रोतहरू र स्वास्थ्य सेवाहरू उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ । विशेष गरी कथित दलित समुदायका निम्न वर्गका विद्यार्थीहरूलाई सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ ।

चितवन जिल्लाको पञ्चतेज ज्योति प्राथमिक विद्यालयमा रहेका सीमान्तकृत चेपाङ विद्यार्थीहरूलाई चन्दा र छात्रवृत्ति मार्फत सहयोग हस्तान्तरण गर्दै

नेपालमा धेरै बालबालिकाको शिक्षामा पहुँच अनिश्चित रहेको उल्लेख गर्दै राजेन्द्र अञ्जना फाउन्डेसनले बालबालिकाको दैनिक आवश्यकताहरू पूरा गर्न काम गर्नुको सट्टा उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनका लागि आधारभूत आवश्यकताहरू प्रदान गरेर शिक्षा सुनिश्चित गर्न मद्दत गर्ने आशा गरेको जनाएको छ । फाउण्डेशनले स्थानीय महिलाहरूलाई बहुमूल्य सीपहरूका साथ सशक्तिकरण गर्न, लैङ्गिक असमानता विरुद्ध लड्न र आर्थिक प्रगतिलाई प्रवर्द्धन गर्न व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना पनि बनाएको जनाएको छ ।

जनसेवा संस्कृत माध्यमिक विद्यालय, पैंयु हटिया पर्वतका विद्यार्थीहरू र विद्यालयलाई छात्रवृत्ति तथा तथा शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गर्दै फाउण्डेशनका राजेन्द्र श्रेष्ठ ।

फाउण्डेशनले यसै महिना चितवन जिल्लाको पञ्चतेज ज्योति प्राथमिक विद्यालयमा रहेका सीमान्तकृत चेपाङ विद्यार्थीहरूलाई चन्दा र छात्रवृत्ति मार्फत सहयोग समेत गरेको छ । स्याङ्या, बाग्लुङ र पर्वत जिल्लाका १४ अन्य माध्यमिक विद्यालयहरूबीच सञ्चार र सञ्जाललाई बढावा दिने उद्देश्यका साथ पर्वत जिल्लामा क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो । फाउण्डेशनले स्याङ्जाको बालम गुठीमा रहेको जीर्ण भैरहेको मन्दिरको जीर्णोद्धारका लागि करिब डेढ लाख रुपैयाँ पनि डोनेशन गरेको छ । त्यसका लागि फाउण्डेशनका तर्फबाट राजेन्द्र श्रेष्ठले हालै नेपाल भ्रमण समेत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजेन्द्र अञ्जना फाउन्डेसन नेपालमा संचालित गैरनाफामूलक संस्था हो । फाउण्डेशनले गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै २१ विद्यालयका ३७ सय विद्यार्थीहरुलाई शिक्षा र खेल सामग्री वितरण गरेको छ । एकबर्षको अवधिमामात्र ५२ लाख रुपैया भन्दा बढीको सहयोग प्रदान गरिसकिएको फाउण्डेशनका राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरणका क्रममा

अमेरिकामा दर्ता भएको एआरसी फर नेपालले राजेन्द्र अन्जना फाउण्डेशनसँग मिलेर नेपालको स्थानीय शैक्षिक संस्था र सांस्कृतिक सम्पदा क्षेत्रको विकासमा सक्रिय रूपमा सहयोग गरिरहेको छ । विगत लामोसमयदेखि सामाजिक क्षेत्रमा योगदान दिदै आएपनि राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठले यसलाई अब फाउण्डेशनमार्फत व्यवस्थीत गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com