न्युयोर्कमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध डोजोलाई १० पदक


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

न्युयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध आईएमए निहोन करातेका खेलाडीहरुले १० पदक जित्न सफल भएका छन् । २०२४ ईजिएन मार्शल आर्ट्सको आयोजनामा सिटी युनिभर्सिटी अफ न्युयोर्कको स्पोर्ट्स हलमा सम्पन्न प्रतियोगितामा शान्त थोकर प्रमुख प्रशिक्षक रहेको आईएमए निहोन करातेका ८ जना खेलाडीहरुले १ काश्य र ९ रजत पदक जितेका हुन् ।

विभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरु मध्य हम्लेट इजेलोले कुमितेतर्फ काश्य र कातामा रजत पदक जितेका छन । अलान इजेलोले काता र कुमिते दुबैमा रजत पदक जितेका छन् । ईजिता मल्लले काता तथा कुमिता दुबैमा रजत जितिन् भने माथ्यू बुएस्टानले कुमितेमा रजत जिते । प्रकृति राणामगर , रब्सेल शेर्पा र ईथान पेगारिडोले कातामा रजत जिते ।

प्रतियोगितामा किरिगस्थान लगायत, क्यानाडा, स्पेन, अल्जेरिया, नाइजेरिया र अमेरिकाको अन्य राज्यहरु बाट ३०० जना बढी खेलाडीहरु सहभागी थिए । प्रतियोगितामा ३५ जना भन्दा बढी राष्ट्रीय तथा अन्तराष्ट्रिय रेफ्रीहरुले भूमिका खेलेका थिए । प्रतियोगितामा रेफ्री तथा जजमा अन्तराष्ट्रीय रेफ्री शान्त थोकर तथा कोचमा मेलिन हुई र यूसेई ओशिमा समेत रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com