यथास्थिति फेर्दै चीन: भारतीय सेनापति


प्रकाशित मिति : भाद्र १२, २०७४ सोमबार

भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले चीनले डोक्लामस्थित सीमा इलाकामा यथास्थिति बदल्ने कोशिश गरिरहेको चेतावनी दिएका छन्।

सिक्किम, भुटान र तिब्बतको सीमामा रहेको डोक्लाममा जारी विवादको निम्ति चीन जिम्मेवार रहेको उनको आरोप छ।

समाचार विवरणहरुका अनुसार उनले विवाद हुन सक्ने तर त्यसका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पूरै खत्तम भने नहुने बताए।

पुणे शहरमा ‘मौजुदा भू-राजनीतिक स्थितिमा भारतका चुनौति’ विषयमा आयोजित ‘जनरल बीसी जोशी लेक्चर’ मा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेतावनी

जनरल रावतले चीनले भारतसंगका उसका सीमा क्षेत्रमा यथास्थिति बदल्ने कोशिश गरिरहेको भन्दै हाल डोक्लाममा उत्पन्न विवाद ‘त्यसैको परिणाम’ भनेका छन्।

उनका अनुसार आउने दिनमा डोक्लाम जस्ता घटना अझ बढ्न सक्छ।

लद्दाख क्षेत्रमा हालै चिनियाँ र भारतीय सैनिकबीच भएका झडपलाई लिएर जनरल रावतले त्यस्ता मुद्दा सौहार्दपूर्ण ढंगले सुल्झाउन पहिले देखिनै एक साझा व्यवस्था कायम रहेको बताए।

यस क्षेत्रको सुरक्षामा दबदबा बढाउन चीनले लगातार यस्ता कोशिश गरिरहेको उनको भनाइ थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com