कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा


प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् ।

दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट जमैका, मेक्सिको, पानामा, अमेरिका, क्यानडा र कोस्टारिका रहेका छन् ।

अमेरिकामा हुने यस पटकको कोपा अमेरिकाआगामी जुन २० देखि जुलाई १४ सम्म हुने छ। कोपा अमेरिकाको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा हुनेछ।

कोपा अमेरिकाको समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्। त्यसैगरी समुह सी मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडाको सामना गर्नेछ । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com