गाजामा ३२ हजार प्यालेस्टिनी मारिए , कति इजराइली सैनिकको मृत्यु भयो त ?
प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार
(230803) — JIUQUAN, Aug. 3, 2023 (Xinhua) — A Long March-4C rocket carrying the Fengyun-3 06 satellite blasts off from the Jiuquan Satellite Launch Center in northwest China, Aug. 3, 2023. The launch marked the 481st flight mission of the Long March series carrier rockets. (Photo by Wang Jiangbo/Xinhua)
गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो घटनामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् ।
इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरिरहेको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजराइली सैनिकको सङ्ख्या २ सय ५१ पुगेको छ ।






