न्यूयोर्कमा आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

न्यूयोर्क,
यूनाइटेड शेर्पा एसोसीएसन न्यूयोर्कको आयोजनामा संचालीत ३ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालीम सम्पन्न भएको छ ।
पत्रकारिता तथा उद्घोषणमा रुचि राख्ने र नवप्रबेशी गरि करिब १५ जना प्रशिक्षार्थी सहभागी सो तालीममा पत्रकार किरण मरहठ्ठाले प्रशिक्षण दिनुभएको थियो । शेर्पा केदुगंको सभाहलमा संचालन गरिएको प्रशिक्षणमा आधारभूत समाचार लेखन, अन्तवार्ता, रिपोटिगं र उद्घोषण कलाको बारेमा सिकाइएको थियो । अगस्त २२ देखि संचालित तालिममा सहभागीहरुलाइ सैद्धान्तीक ज्ञानका साथै अभ्यास पनि गराइएको थियो ।


तालीम पश्चात सम्पन्न समापन समारोहमा यूनाइटेड शेर्पा एसोसीएसनका अध्यक्ष उर्गेन शेर्पाले सम्पुर्ण प्रशिक्षार्थीलाइ बधाइ दिदै एसोसीएसनले प्रत्येक बर्ष यस्तो प्रशिक्षण आयोजना गर्दै आएको जानकारि दिनुभयो । “समाजलाइ चेतनशिल बनाइराख्न संचारको महत्व अझ बढेको छ, हामी हरेक बर्ष यस्तो प्रशिक्षण संचालन गर्नेछौं ।” तालीमका सहभागी एवं शेर्पा एसोसीएसनका महासचिव टेन्डी शेर्पाले प्रशिक्षणले आफुलाइ आत्मविश्वास दिलाएको भन्दै तालिममा सिकेको ज्ञानलाइ व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समापन समारोहलाइ सम्बोधन गर्दै प्रशिक्षक मरहठ्ठाले सहभागीको रुचि र प्रतिवद्धताको खुलेर प्रसंशा गर्दै तालिममा सिकेको ज्ञानलाइ व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com