२२ बर्ष लुकेका गुरुङलाई अन्तत प्रहरीले भेट्टायो


प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार

पश्चिम नवलपरासी प्रहरीले २२ वर्षपछि हत्या आरोपीलाई पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–१६ का बुद्धिजंग रानालाई गोली प्रहार गरेर हत्या गर्ने स्थानीय ४२ वर्षीय केशव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

२०५८ साल कार्तिक १५ गते गाउँमा सांस्कृतिक कार्यक्रम हेर्न जाँदा मोटरसाइकलको हेलमेटको विषयमा सामान्य विवाद हुँदा गुरुङले रानालाई गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरेर फरार भएका गुरुङलाई जिल्ला अदालत नवलपरासीले २०६६ साल असार २८ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीले फैसला कार्यन्वयन गर्नका लागि जिल्ला अदालतमा पेस गरेर कारागार चलान गरेको छ ।

गोली हानेपछि गुरुङ भारतमा गएर लुकिछिपी बस्दै आएका थिए । गुरुङ नेपाल आउने जाने गरेको सूचना प्रहरीले निगरानी बढाएको थियो । पछिल्लो पटक घर आएको मौकामा गुरुङलाई बर्दघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक रेशम बोहोराले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com