भारतमा नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय इडी ले गिरफ्तार गरेको छ । आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालत गएको र तत्काल सुनुवाईको माग गरेको बताउनुभयो ।

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उहाँको निवासमा खोजी अभियान गरेको थियो । दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उहाँको निवास पुगेको हो । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भारथीय जनता पार्टीका नेताहरुको निशानामा केजरीवाल परेको आपका कार्यकर्ताहरुले आरोप लगाएका छन । चुनावअघि प्रतिशोधपुर्ण ढंगबाट केजरीवाललाई पक्राउ गरिएको उनीहरुको दावी रहेको छ । भारतको लोकसभा निर्बाचनमा आप ले बिपक्षी कांग्रेस संग गठबन्धन बनाएर चुनावमा जाने घोषणा गरेको छ । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com