अफगानिस्तानका किशोरीहरुको लागि इन्टरनेटबाट पढाई बाध्यता बन्दै , १३ प्रतिशत महिला मात्रै पढाईमा सकृय


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

अफगानिस्तानको एक दुर्गम शहरमा आफ्नो घरभित्र थुनिएको महशुस गर्ने १८ वर्षीया शेकिबा अक्सर इन्टरनेट सङ्केतको खोजीमा घरवरिपरि घुमिरहनुहुन्छ । इन्टरनेट उहाँको शिक्षाको अन्तिम कडी हो ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कक्षा कोठामा अध्ययन गर्ने आफ्नो अधिकारबाट बञ्चित बनेकी शेकिबाले अनलाइन शिक्षामा ध्यान केन्द्रित गर्दै एन्ड्रोइड मोबाइल सेटको स्क्रिनमा अर्थशास्त्र बिषयको अनलाइन अध्ययनका लागि ‘साइन अप’ गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “मैले केबल अध्ययन गर्ने, सफल हुने र प्रगति गर्ने आशा गर्दछु । समाजको एउटा परिवारको एक मात्र व्यक्तिले प्रगति ग¥यो भने उक्त समुदायको सम्पूर्ण परिवारको प्रगति हुन्छ ।”

अफगानिस्तानमा नयाँ वर्ष सुरु भएसँगै केटा, युवा पुरुष र कतिपय वयस्क पुरूषसमेत कक्षामा फर्केका छन्, तर संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को संज्ञा दिएको तालिवान सरकारको शैक्षिक नाकावन्दीका कारण किशोरी र यसवा महिलाहरू फेरि पछि परेका छन् र यसले अफगानिस्तानका महिलालाई लामो समयसम्म पछौटे जीवन बिताउन बाध्य पार्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परम्परागत विद्यालयको विकल्पमा अनलाइन कक्षाको विकास भए पनि कम्प्युटर र इन्टरनेटको अभावका साथै स्क्रिनको माध्यमबाट हुने सिकाइको एक्लोपनले व्यक्तिगत सिकाइको कमजोर विकल्प पाएजस्तो बोध भएको यसमा जोडिएका विद्यार्थी र उनीहरूका शिक्षकले बताउँछन् । सुलभ खर्चमा दिइने अनलाइन विकल्पहरूमध्ये धेरैले स्नातक तह पनि प्रदान गर्न सक्दैनन् ।

अनलाइन शिक्षामा कति बालिका र किशोरीसम्लग्न छन् भन्ने स्पस्ट छैन, तर दुई उच्च शिक्षा प्लेटफर्महरूले तालिबानले कब्जा गरेदेखि हजारौंको सङ्ख्यामा अफगानीहरूले आवेदन दिएका वा अनलाइन सञ्चालकहरूले आवेदन दर्ता गरेको बताएका छन् ।

बेगम एकेडेमीको नामबाट सञ्चालित अनलाइन विद्यालय उनीहरूको शिक्षाका लागि एउटा प्लेटफर्म हो जसमा दारी र पश्तोमा करिब ८ हजार ५०० निःशुल्क भिडियोहरू छन् । भिडियोले अफगानी माध्यमिक विद्यालयको पाठ्यक्रमलाई समेट्छ । अनलाइन कक्षा सन् २०२३ डिसेम्बरमा सुरू भएको थियो र छिट्टै नै यसमा ३ हजारभन्दा बढी प्रयोगकर्ता विद्यार्थीहरू जोडिएका थिए । निर्देशक हमिदा अमनले यो सुविधाबाट आमाबाबु आभारी छन् तर केटीहरूलाई प्रत्यक्ष कक्षामा जस्तो सुविधाको अनुभभूति नभएको बताउनुभयो ।

इन्टरनेसनल क्राइसिस ग्रुपकाअनुसार महिलाका लागि शिक्षा अमेरिका समर्थित सरकारको प्रमुख लक्ष्य थियो तर यो उपलब्धि पनि धेरै हदसम्म शहरहरूमा मात्र सीमित थियो । उक्त समय पनि देशभरिका विद्यालयमा १३ देखि १८ वर्ष उमेर समूहका २३ प्रतिशत किशोरीहरू मात्र पढ्ने गर्थे । तालिबान सरकारले सन् २०२२ मा महिला शिक्षामा प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि यो सङ्ख्या घटेर १३ प्रतिशतमा झरेको अमेरिकी प्रवुद्ध समूहले जनाएको छ ।

तालिबान अधिकारीले किशोरीहरूलाई माध्यमिक विद्यालय जानबाट प्रतिबन्धित गरिएदेखि नै उनीहरूले इस्लामी कानूनको व्याख्यासँग मेल खाने प्रणाली स्थापना गर्न काम गरिरहेको बताउँदै आएका छन् । युनेस्कोको एक प्रतिवेदनअनुसार कोभिड–१९ महामारीको समयमा व्यापक ‘भर्चुअल शिक्षण विधि’ले यो ‘व्यक्तिगत शिक्षाको लागि आंशिक विकल्प’ भएको देखाएको छ ।

अफगानी विद्यार्थीहरूले इन्टरनेट प्रायः डाउन भएको वा अत्यन्त्ये ढिलो हुने भएको र बिजुली कटौती सामान्य भएको देशमा पटक पटक ‘लग इन’ गर्ने प्रयासको बोझको सामना गर्नुपरेको छ। अनलाइनबारे अनुसनधान गर्ने कम्पनी डाटा रिपोर्टलका अनुसार एक चौथाइभन्दा कम जनसङ्ख्याले इन्टरनेट प्रयोग गर्छन् । अफगानिस्तानमा गरिबीको दर निकै बढि भएकाले कम्प्युटर पनि धेरैले धान्न नसक्ने विलासिता हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com