पेरिस ओलम्पिकमा खेलाडिहरुलाई २ लाख निःशुल्क कन्डम वितरण गर्ने तयारी


प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार

पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई २ लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भएपनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् ।

टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह गरिएको थियो । जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि २ लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताउनुभयो ।

“कति मानिसले कन्डमको प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र स्पष्टरूपमा आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो । सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो । त्यस बेलादेखि यो प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ ।

पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीयरूपमा बढेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ । उक्त प्रतियोगितामा ४ लाख ५० हजार कन्डम वितरण गरिएको थियो । यो प्रत्येक खेलाडीका लागि ४२ बराबर थियो । डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोज्ने बताउनुभयो ।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल इसिडिसी का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो । पेरिसका एक वरिष्ठ आयोजकले अधिकांश कन्डम स्मृति चिह्नका रूपमा वा निःशुल्क उपहारका रूपमा घर लगिने अपेक्षा गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com