मानव अण्डामा हेमोफिलिया बी रोग , प्रयोग गरिएका महिलाको इजराइलमा खोजी चल्दै


प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार

महिलाको इन भिट्रो फर्टिलाइजेसन आइभीएफ उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ । इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो ।

रगत जम्ने कारक तत्व आइएक्सको कमीका कारणले लाग्ने हेमोफिलिया बी रोगलाई क्रिसमस रोग पनि भनिन्छ । आइएक्स रगतमा रहेको प्रोटिन हो । यसले रगत जम्न मद्दत गर्दछ ।

यसको अभावमा हेमोफिलिया बी भएका मानिसमा चोटपटक वा शल्यक्रियापछि सामान्यभन्दा लामो समयसम्म रगत बग्छ । यी आनुवंशिक वाहकहरू भएका अण्डाबारे जानकारी दुवै विदेशी र इजराइली क्लिनिकका कर्मचारीलाई उपलब्ध रहेको आशङ्का गरिएको छ । यद्यपि भ्रूणहरू इजराइल भित्र्याइयो ।

निषेचित अण्डा इजराइली बिरामीहरूमा प्रत्यारोपण गरिएको थियो । यस विषय निर्क्योल गर्न सार्वजनिक सहायता आयुक्तले वकिल कार्यालय र इजराइली प्रहरीको सहकार्यमा एक निरीक्षण समितिको गठन गर्न आदेश दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य मन्त्रालयले हाल यस एकाइबाट अण्डा र उर्वर अण्डाहरूको आयातमा तत्काल रोक लगाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले इजराइलका सबै आइभिएफ एकाइका प्रबन्धकलाई त्यस्ता अण्डा प्रयोग गर्ने महिला खोजी गरी उनीहरूलाई ती अण्डाको प्रयोगमा हुने जोखिमबारे जानकारी दिन आदेश दिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com