दक्षिण कोरियाको दावी : उत्तर कोरियाले रूसलाई हतियार दिइरहेको छ
प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार
North Korea Russia
युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब ७ हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले बताउनुभएको छ । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो ।
रक्षामन्त्री शिन वोन सिकले पत्रकार सम्मेलनमा भन्नुभयो, “उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र युद्ध सुरू भएदेखि अहिलेसम्म करिब ७ हजार कन्टेनर त्यहाँ पुगेका छन् ।
उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो ।






