चीनको सम्पत्ति विकास लगानी ९ प्रतिशतले घट्यो


प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार

चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर भएको राष्ट्रिय तथ्याङ्क विभाग एनबिएसले बताएको छ ।

यसै अवधिमा नयाँ निर्माण घरजग्गा सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २० दशमलव पाँच प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ । मूल्यको हिसाबले वार्षिकरूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्याङ्कले देखाएको छ ।

यस वर्षको पहिलो दुई महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा नौ दशमलव छ प्रतिशतको गिरावटको तुलनामा शून्य दशमलव छ प्रतिशतले कम भएको एनबिएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

सम्पत्ति बिक्री र घरको मूल्य दुवैको तथ्याङ्कका आधारमा चीनको सम्पत्ति बजार अझै समायोजन र रूपान्तरणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । नयाँ सहरीकरणको विकास प्रवृत्ति र रियल इस्टेट बजारमा आपूर्ति र मागमा आएको परिवर्तनलाई अपनाएर चीनले घरजग्गाका लागि नयाँ विकास मोडेललाई बढावा दिने उहाँको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com