ईयूको तयारी : रूसी सम्पत्ति हतियार किनेर रुसबिरुद्ध नै प्रयोग गर्ने


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

Ukrainian military personnel receive armoured manoeuvre training on German-made Leopard 2 battle tanks at the Spanish army’s training centre of San Gregorio in Zaragoza on March 13, 2023. – Spanish Prime Minister Pedro Sanchez said on February 23, 2023 during a visit to Kyiv that he hoped to send up to ten Leopard tanks to Ukraine in the coming months. (Photo by OSCAR DEL POZO / AFP)

युरोपेली सङ्घ ईयूका सदस्य राष्ट्रहरूले रूसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्र्दै चान्सलर सोल्जले भन्नुभयो, “हामीले यूरोपमा रोक्का रूसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि यूक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ ।

ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रूसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ । उहाँले भन्नुभयो, “हामी पहिले नै प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेका छौँ र यसमा युक्रेनमा रूसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन् ।

उहाँले अर्को प्रतिबन्धको प्याकेज कहिले ल्याइन्छ भन्ने बिषयमा जानकारी गराउन अस्वीकार गर्नुभयो । प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने बिषयमा जवाफ दिन अस्वीकार गर्नुभयो । सन् २०२२ को फेब्रुअरीदेखि यूरोपेली सङ्घ ईयू ले यूक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रूसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ ।

फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३ औँ भएको रूसी समाचारसंस्था तासले जनाएको छ । ईयूले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब यूरो अर्थात् ५ अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीबार भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसको आक्रमणविरुद्ध यूक्रेनी सेनाले सङ्घर्ष गरिरहेका बेला यूक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै यूक्रेनलाई जितका लागि आवश्यक पर्ने सबैकुरामा ईयूको सहयोग रहने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com