रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो । मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्काे कारसग ठोक्किएको थियो । दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ । रूसी अधिकारीहरूका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए । उक्त कार रूसी परिषद्को माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।

पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ । दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रूपमा सेवामा रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com