भारतमा घृणायुक्त भाषण : भाजपाले शासन गरेका राज्यमा सबैभन्दा धेरै


प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार

सार्बजनिक भएको एक प्रतिबेदनले भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको देखाएको छ । अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले सार्वजनिक गरेको रिर्पोटमा यो देखिएको हो । राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ ।

सन् २०२३ मा भारतमा मुस्लिम समुदायका मानिसहरू विरुद्ध ६६८ घृणायुक्त भाषणहरू भएको दाबी यस रिपोर्टमा गरिएको छ। रिपोर्टका अनुसार यी ६६८ घृणित भाषणका घटनाहरूमध्ये ७५ प्रतिशत घटना अर्थात लगभग ४९८ घृणायुक्त भाषण बीजेपी शासित राज्य र केन्द्र शासित प्रदेशहरूमा दिइएको छ । मुस्लिम विरुद्धको हिंसा, लभ जिहाद र हलाल जिहादजस्ता धेरै मुद्दाहरू यी घृणित भाषणहरूमा उल्लेख गरिएको छ।

जहाँ ३६ प्रतिशत अर्थात् करिब २३९ घटनामा मुस्लिम माथिको हिंसाको प्रत्यक्ष कुरा भएको थियो भने २५ प्रतिशत भाषणमा मुसलमानको धार्मिक स्थललाई निशाना बनाउने आह्वान गरिएको थियो । यी घटनाहरूलाई विस्तृत रूपमा वर्णन गर्दै यो भनिएको छ कि घृणायुक्त भाषणका घटनाहरू अगस्ट र नोभेम्बर २०२३ को बीचमा चरममा थिए । यो समय त्यही थियो, जहाँ राजस्थान, मध्य प्रदेश, तेलंगाना र छत्तीसगढमा विधानसभा चुनाव हुन लागेको थियो ।

यस अवधिमा सबैभन्दा बढी घृणित भाषण दिने राज्य महाराष्ट्र थियो । यहाँ ११८ घृणायुक्त भाषणहरू दिइएको थियो । दोस्रो स्थानमा उत्तर प्रदेश रहेको छ जहाँ १०४, मध्य प्रदेशमा ६५, राजस्थानमा ६४, हरियाणामा ४८, उत्तराखण्डमा ४१, कर्नाटकमा ४०, गुजरातमा ३१, छत्तीसगढमा २१ र बिहारमा १८ वटा घृणायुक्त भाषणका घटना भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ एउटा रोचक कुरा के छ भने भाजपा शासित राज्यहरूमा भन्दा गैर भाजपा शासित राज्यहरूमा भाजपा नेताहरू यस्ता घटनाहरूमा संलग्न भएको देखिएको छ । रिपोर्टमा भनिएको छ कि भाजपा शासित राज्यहरूमा मात्र १० दशमलव ६ प्रतिशत घटनाहरूमा भाजपा नेताहरू संलग्न छन् भने जबकि यो संख्या गैर भाजपा शासित राज्यहरूमा २७ दशमलव ६ मा बढेको छ । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com