गुल्मीका कृषक परम्परागत खेती छाडेर कफीखेतीमा


प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार

गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।

यहाँका कृषकको रोजाई यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न उत्प्रेरित गरेको हो । परियोजनाले कृषकलाई कफीको उत्पादन र महत्वबारे जानकारी गराउँदै खेतीका लागि अनुदान उपलब्ध गराउन सुरु गरेपछि कृषक कफीखेतीमा आकर्षित बनेका हुन् ।

परम्परागत खेतीबाट बादर, बदेँल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आइरहेका अवस्थामा कफीखेती कृषकको लागि अन्य बाली उत्पादनको तुलनामा थप सजिलो बनेको छ ।

सिर्सेनीका कृषकले समूहमार्फत गाउँमा तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । तीन वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक घरधुरीले व्यावसायिकरूपमा कफीखेतीको सुरुआत गरेका हुन् । प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन् । तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने कृषकमध्येमा पर्नुहुन्छ । उहाँको बारी यतिबेला दुई हजारभन्दा कफीका बोटले ढपक्कै ढाकेको छ । चाँडै हुर्किएका बोटले उत्पादन दिन सुरु गरेका उहाँले बताउनुभयो ।

“विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेका छन्”, अर्यालले भन्नुभयो, “दश रोपनी जग्गामा सबै कफी लगाएको छु ।” उहाँजस्तै सोही गाउँका शशिधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या परे पनि अहिले कफीखेतीले आशा जगाएको बताउनुभयो ।

परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयकातर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजालीलगायतमा अनुदान उपलब्ध गराउँदै आइएको बताउनुभयो । साथै गाउँमा कफी पाठशाला सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी र डढुवा सङ्कण्मका कारण कफीका बोटमा क्षति पुग्ने गरेको कृषकले गुनासो गर्दै आएका छन् । समयमै यस्ता समस्याको समाधान गर्नसकेमा जिल्लामा व्यावसायिकरूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा उल्लेखनीयरूपमा वृद्धि हुने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताउनुभयो ।

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । सोअन्तर्गत आठ टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ ।

पछिल्लो समयमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्रलगायत कार्यालयका साथै स्थानीय तहले जिल्लामा रहेका कृषकलाई कफीखेतीमा लाग्न प्रेरित गर्दै आइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com