लण्डनमा मृत भेटिएको झण्डै २ महिनापछि २५ बर्षका सन्दीपको तामाङ परम्परा अनुसार अन्त्येष्टि गरिने


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

गत २० जनवरीमा लण्डन हेजमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको अन्त्येष्टि यही मार्च २५ तारिख हुने भएको छ । तामाङ सोसाइटी यूकेको पहलमा हिलिङडन काउन्सिलद्वारा तामाङ परम्परा अनुसार उनको अन्त्येष्टि गरिने भएको हो ।

मृतक तामाङका बुबा बेन कुमार तामाङ र आमा डोलमायाको आग्रहमा सोसाइटीले उनको अन्त्येष्टिका लागि पहल गरेको सोसाइटीका महासचिव मणि तामाङले जानकारी दिए । मृतक तामाङको शवलाई हिलिङडन काउन्सिलको बेवारिसे लास व्यवस्थापन गर्ने कम्पनी कोरोनर वेष्ट अफ लन्डनलाई जिम्मा लगाइएको थियो ।

सो जानकारी पाएपछि सोसाइटीका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणि तामाङले उक्त कम्पनीलाई अन्त्येष्टि कार्यक्रममा आफ्नो संस्थाले पनि सहभागिता जनाउने भन्दै आफ्नै परम्परा अनुसार अन्त्येष्टि गरिदिन आग्रह गरेका थिए । कम्पनीले उनीहरुको आग्रह स्वीकार गरेपछि बीसीसी यूके गुम्बाका लामा गुरुहरुद्वारा अन्त्येष्टि गरिने तामाङ सोसाइटी यूकेले जनाएको छ ।

अन्त्येष्टी कार्यक्रममा सहभागी हुन मार्च २५ तारिख बिहान साढे देखि १० बजेसम्म ‘द इष्ट चापल ब्रेकस्पेयर क्रिमाटोरियम रयस्लिपमा उपस्थिति जनाउन सोसाइटीले अनुरोध गरेको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सोसाइटीले गर्दैछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तामाङको शव वेवासिसे अवस्थामा भेटिएपछि प्रहरीले नेपाली दूतावास लन्डनलाई समपर्क गरेको थियो । उनका आफन्त तथा परिवारका सदस्यहरु बेलायतमा नभएकाले उनको शव पत्ता लगाउन नेपाली दूतावास लण्डन, तामाङ सोसाइटी यूके, गैर आवासीय नेपाली संघ यूके लगायत संघसंस्थाले पहल गरेका थिए ।

मृतक तामाङ सन् २०२२ मार्च १ तारिखमा ‘स्किल्ड भिसा’मा बेलायत आएका थिए । उनको मृत्युको कारण स्पष्ट नभएको र छानबिन प्रक्रिया अझै चलिरहेको बताइएको छ । तेह्रथुम जिल्ला घर भएका मृतक तामाङको परिवार हाल ललितपुरस्थित नाखिकोटमा बस्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com