४ महिनामा १८ नेपाली कलाकारलाई अमेरिकाको पी थ्री भिसा, भिजिटर भिसामा प्रस्तुती गर्न पाइन्छ?


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

चालु आर्थिक बर्ष २०२४ को ४ महिनामा १८ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री भिसा स्वीकृत गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको छ । जस अनुशार अक्टोबरमा ६ जना, नोभेम्बरमा ३ जना र डिसेम्बरमा ९ जना नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएका छन् । जनवरीमा भने कुनै पनि नेपाली कलाकारहरुले पी थ्री श्रेणीको भिसा पाएका छैनन् ।

गत आर्थिक बर्ष २०२३ मा जम्मा १० जना नेपाली कलाकारले अमेरिका अमेरिकाको पी थ्री भिसा पाएका थिए । जसमा २०२२ को अक्टोबरमा ४, नोभेम्बरमा १, २०२३ को जुनमा १ र २०२३ को सेप्टेम्बरमा ४ जना नेपाली कलाकारहरुले अमेरिकाको पी थ्री भिसा पाएका थिए । अमेरिकामा चर्चित कलाकारहरुलाई पारिश्रमिक लिएर प्रस्तुती गर्नका लागि पी थ्री भिसा आवश्यक हुन्छ । पी थ्री भिसा बढीमा एकबर्षसम्मका लागि प्राप्त गर्न सकिन्छ भने आवश्यक परेको खण्डमा अर्को एकबर्ष थप्न सकिन्छ ।

बीवान बीटु श्रेणीको भिजिटर वाहकले सामान्यतया अमेरिकामा भुक्तानी लिएर प्रस्तुती दिन पाउँदैनन् । यद्यपी भिजिटर भिसा वाहक कलाकारहरु प्रस्तुतीहरुमा भाग लिन पाउने केही अपवादहरु पनि छन् । यदि प्रस्तुतीका लागि भुक्तान गरिएको छैन वा शौखको उद्देश्यका लागिमात्र छ भने प्रस्तुतीका लागि अनुमति हुन सक्छ। यद्यपि त्यहाँ पनि कार्यक्रमको प्रकृति अनुसार सीमितताहरू हुनसक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कोही कलाकारले भिजिटर भिसामा आएर प्रस्तुती दिएको वा दिन चाहेको खण्डमा अमेरिका आउने क्रममा वा अर्को पटक अमेरिका आउँदा अमेरिकी विमानस्थलमा सीबीपी अधिकारीहरुले अमेरिका प्रवेश गर्नबाट रोक्न सक्छन् । यदि भुक्तानी लिएर प्रस्तुती दिने योजना बनाएको शंका गरेमा पनि विमानस्थलबाट फर्काउन सक्छन् । भिसा आवेदन, कलाकारको पृष्ठभूमि वा सामाजिक सञ्जालका पोष्टहरूमा आएका जानकारीमा आधारमा पनि विमानस्थलबाट फर्काउन सकिन्छ ।

यदि कलाकार भिजिटर भिसामा अमेरिकामा प्रवेश गरेर पछि उचित भिसा बिना प्रस्तुती गरेको फेला परेमा उनीहरूको भिजिटर भिसा रद्द हुन सक्छ। यसले भविष्यमा भिसा प्राप्त गर्न कठिनाइ निम्त्याउन सक्छ। केही अवस्थामा कलाकारले गैरकानूनी रूपमा प्रस्तुती गरेको पाइएमा जरिवाना वा हिरासतमा समेत जान सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com