नागरिकलाई फ्रि भिसा सुबिधा प्रदान गर्ने चीनको तयारी


प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार

चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमबर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताउनुभएको छ ।

चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रूतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उहाँले बताउनुभएको छ ।

वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन सम्बन्धमा जानकारी गराउनुभएको हो । उहाँले यो प्रयासले चिनियाँ नागरिकहरूलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने जनाउँदै विदेशीहरूलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गर्नुभयो ।

वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढावा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्याङ्क प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरूसँग सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ अन्तर्राष्ट्रिय आयात निर्यात र अन्तर्राष्ट्रिय व्यापार सेवालगायत अन्तर्राष्ट्रिय सहयोग मार्गहरू पूर्णरूपमा विकास गर्न र बजार सिद्धान्तहरूमा आधारित, कानूनद्वारा शासित र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित आफ्नो व्यापार वातावरणलाई अनुकूलन गर्ने चीनको तयारी रहेको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com