थाइल्याण्डका उत्तरी सहरमा प्रदूषण : दीर्घकालीन रोगका बिरामीको संख्या बढ्दै


प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार

jfo’ k|b”if0f sf7df8f}F, ^ j}zfvM ljut s]xL lbgb]lv pkTosfdf k|b”if0f km}lnP;Fu} sf7df8f}F pkTosfdf Go”/f]8af6 a’waf/ b]lvPsf] jfo’ k|b”if0f . tl:a/ M d]3gfy kxf8L÷/f;;

थाइल्यान्डका केही उत्तरी सहरहरूलाई वायुको गुणस्तर अनुगमन गर्ने निकायहरूले विश्वको सबैभन्दा प्रदूषित शहरहरूको रूपमा मापन गरेका छन् । थाइल्यान्डको जनसङ्ख्या झन्डै ७ करोड २० लाख छ । त्यहाँको राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद्को तथ्याङ्कअनुसार थाइल्यान्डको वायुको गुणस्तर दिनप्रतिदिन बिग्रँदै गएको छ ।

थाइल्यान्डमा वायु प्रदूषणजन्य रोग बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२४ को शुरुवातमा प्रदूषणजन्य रोगका घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ । सन् २०२३ को पहिलो नौ हप्ताको तथ्याङ्कमा १३ लाख जना नागरिकले वायु प्रदूषणजन्य रोगको उपचार गराएकामा २०२४ को यही अवधिमा यो सङ्ख्या बढेर १६ लाख जना पुगेको छ ।

समग्रमा सन् २०२३ मा थाइल्यान्डका १ करोड जनाभन्दा बढी नागरिकले वायु प्रदूषणसँग सम्बन्धित रोगको उपचार गराएका खबरमा उल्लेख छ । विशेषगरी उत्तरी थाइल्यान्डमा वर्षको शुरुदेखि फराकिला जग्गाजमिन र जङ्गलमा लागेको आगोका कारण हानिकारक धुवाँ निस्कन थालेको थियो । वायु प्रदूषणका कारण थाइल्यान्डमा फोक्सोको क्यान्सर, ब्रोन्काइटिस, दम, र हृदय रोगजस्ता दीर्घकालीन रोगका बिरामी बढेका परिषद्को तथ्याङ्क छ ।

थाइल्यान्डले सार्वजनिक स्वास्थ्यमा हावामा पाइने पीएम २ दशमलव ५ को नकारात्मक प्रभावलाई प्राथमिकतामा राखेर घटाउनुपर्ने परिषद्ले सुझाव दिएको छ ।
पीएम २ दशमलव ५ ले साना तर खतरनाक धुलोका कणहरूको स्तरलाई बुझाउँछ जसले फोक्सोको माध्यमबाट रक्त प्रवाहमा प्रवेश गरेर विभिन्न रोग सङ्क्रमण गराउँछ । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com