‘विश्वभर नेपालीका लागि बोलिदिने मान्छे नभएकाले अमेरिकाको सांसदमा उठेको छु’ : ह्यारी भण्डारी


प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार

अमेरिकामा नेपाली मुलका पहिलो राज्य सांसद ह्यारी भण्डारीले संसारमै नेपालीका लागि बोल्ने मान्छे नभएको र आफू त्यसैका लागि लडेको बताउनुभएको छ । मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने भण्डारीले खसोखासका लागि कम्युनिटी कर्नरस्टोनमा सुरेश शाहीसँग कुराकानी गर्दै विश्वभर नेपाली समुदाय प्रतिनिधित्वका लागि संघर्ष गरिरहेको र प्रतिनिधित्व भएमा आफ्नो कुरा संसारसामु लैजान सकिने उल्लेख गर्नुभयो । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आउनुभएका भण्डारीले अमेरिकाको संघीय सांसदका लागि उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ ।

कम्युनिटी कर्नरस्टोनको नयाँ भाग सुन्न यहाँ क्लीक गर्नुहोला ।

यो लडाई आफ्नो पुस्ताको लडाई मात्र नभएर आगामी पुस्ताको लडाई पनि भएको उल्लेख गदै भण्डारीले अमेरिकाको संघीय संसद क्यापिटल हिलमा प्रतिनिधित्व गर्न सकिएमा नेपालीहरु ससारभर भिजिवल हुने र संसारभर बस्ने नेपालीहरुमा राम्रो तरंग ल्याउने उहाँले बताउनुभयो । उहाँले अमेरिकामा रहेको नेपाली समुदायलाई आफ्नो चुनावी अभियानमा सहयोग गर्न आव्हान समेत गर्नुभयो । आफू नेपाली समुदायका लागि ९११ कलजस्तो भएको उल्लेख गर्दै उहाँले अमेरिकामा नेपालीको संख्या बढ्दै गर्दा समस्याहरु पनि बढ्दै गएकाले समाधानका लागि प्रतिनिधित्व निकै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


युट्युबमा पडकास्ट हेर्न र सुन्न :

नेपालीहरुमाथि संसारमै फरक खालको र फरक स्तरको विभेद रहेको उल्लेख गर्दै आफू मेरिल्याण्डको राज्य संसदमा निर्वाचित भएर काम गर्ने दौरानमा आफ्नो क्षेत्रमा नेपालीहरुप्रति हेर्ने दृष्टिकोण सकारात्मक रुपमा फेरिएको उहाँले बताउनुभयो । अमेरिकामा नेपाली समुदायमा मानसिक स्वास्थ्यको समस्या बढ्दो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘मनमा शान्ति ल्याउनु नै महत्वपूर्ण कुरा हो । त्यसैले एक नेपालीले अर्को नेपालीलाई भेट्दा घर वा गाडी किन्नुभयो? भनेर होइन खुशी हुनुहुन्छ कि हुनुहुन्न?  भनेर सोध्ने गरौं ।’

मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेको तीनदिनपछि भण्डारीले रुपर्सबर्गरको स्थानमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा अब चुनावमा नउठ्ने भएकाले यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको छ ।

भण्डारीले आगामी मे १४ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदबारी घोषणा गर्नुभएको हो । यदि प्राइमरीमा जितेको खण्डमा डेमोक्रेटिकहरुको बाहुल्य रहेको उक्त क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा लगभग सुनिश्चित हुनेछ । यद्यपी औपचारिक जीतका लागि भने आगामी नोभेम्बरमा हुने चुनावको प्रतिक्षा गर्नुपर्छ । प्राइमरीबाटै बाहिरिएको खण्डमा भण्डारीले नोभेम्बरमा हुने अन्तिम चुनावमा भने लड्न पाउनुहुनेछैन ।

नेपालमा जन्मेर हाल मेरिल्याण्डको नटिंघममा बस्दै आउनुभएका भण्डारी दुईबच्चाका पिता हुनुहुन्छ । उहाँ सन् २००५ मा अमेरिका आउनुभएको हो भने रातीमा ग्यास स्टेशनमा काम गर्दै जोन हप्किन्स युनिभर्सिटमा अध्ययन गर्नुभएको थियो । उहाले युनिभर्सिटी अफ मेरिल्याण्डबाट पीएचडी समेत गर्नुभएको छ । भण्डारीले मेरिल्याण्डको संसदमा एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डर ककसको अध्यक्षता समेत गर्नुहुन्छ ।

अघिल्ला भागहरु हेर्न वा सुन्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com