चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५ दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।
कूल गार्हस्थ्य उत्पादन जिडिपी सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ ।
चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।