सुतिरहेको बेला आईफोन चार्ज गर्नेहरूलाई एप्पलले दियो चेतावनी


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

gold iPhone Xs on black textile

एप्पलले सुतिरहेको बेला आईफोन चार्ज गर्ने मानिसहरूलाई चेतावनी जारी गरेको छ । धेरैजसो मानिसहरूले आफ्नो फोन रातभर चार्जगर्ने गरेकाले एप्पलले आईफोन प्रयोगकर्ताहरूका लागि चेतावनी जारी गरेको हो ।

यद्यपी एप्पलले आईफोन रातभर चार्ज गर्न बन्द गर्न भनेको छैन । तर फोन चार्ज गर्दा धेरै तातो हुने स्थानमा नभएको सुनिश्चित गर्न सुझाव दिएको छ । खासगरी फोन चार्जमा राखेर सामाजिक सञ्जाल स्क्रोल गर्दा गर्दै निदाउनेहरुका लागि एप्पलको यो चेतावनी केन्द्रीत छ ।

आईफोनलाई कुनै कपडा वा बस्तुले छोपेको अवस्थामा चार्ज गर्दा चोटपटक लाग्न सक्ने एप्पलले चेतावनी दिएको छ । त्यसैले आईफोन रातभर चार्जमा राख्दा सिरक, सिरानी, कम्बल वा कुनै बस्तुले नछोपी खुला स्थानमा राख्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो चेतावनी एप्पलको वेबसाइटमा आईफोनको लागि महत्त्वपूर्ण सुरक्षा जानकारी मेमोमा उल्लेख गरिएको छ । जसमा आईफोन प्रयोगकर्ताहरूले पावर स्रोतसँग जोडिएको चार्जिङ केबल र कनेक्टरसँग लामो समयसम्म छालाको सम्पर्कबाट कसरी बच्ने लगायतका जानकारी पनि दिइएको छ ।

चार्जिङ केबल वा कनेक्टरमा सुत्न वा बस्नबाट जोगिन पनि एप्पलले चेतावनी दिएको छ । आफ्नो छाला लामो समयसम्म पावर स्रोतसँग जोडिएको कुनै यन्त्र, यसको पावर एडाप्टर, वा वायरलेस चार्जरको सम्पर्कमा रहेको अवस्थाबाट बच्न सामान्य ज्ञानको प्रयोग गर्न सुझाव दिइएको छ ।

उदाहरणका लागि प्लगमा जोडिएको अवस्थामा कुनै यन्त्र, पावर एडाप्टर वा वायरलेस चार्जरमा नसुत्न वा तिनीहरूलाई कम्बल, तकिया वा आफ्नो शरीर मुनि नराख्न भनिएको छ । नत्र निद्रामा परेको बेलामा तपाईंको फोन धेरै तातो हुने र आगो निम्त्याउने खतरा समेत हुनसक्छ ।

अग्नी नियन्त्रकहरुले त रातभर फोन चार्ज गर्न नहुने नै चेतावनी दिने गरेका छन् । सुतिरहेको बेला केहि पनि सुँघ्न नसक्ने भएकाले जलेको खण्डमा आगोले सुतेको व्यक्तिलाई नउठाउने, बेहोस बनाउनका लागि केवल तीन सेकेण्डमात्र लाग्ने तथा धेरै मानिसहरूसँग सस्तो वा दोषपूर्ण फोन चार्जरहरू रहेकाले त्यसबाट आगलागी हुने गरेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com