गर्भपतनलाई संबैधानिक अधिकार दिने फ्रान्स विश्वको पहिलो देश


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

गर्भपतनको अधिकारलाई संविधानमा समावेश गर्ने फ्रान्स विश्वको पहिलो देश बनेको छ । महिलालाई गर्भपतनको स्वतन्त्रता सुनिश्चित गर्न त्यहाँको संसदमा सन् १९५८ को संविधान संसोधन गर्ने पक्षमा मतदान भएको थियो ।

मतदानमा संसोधनको पक्षमा ७८० मत खसेको थियो भने विपक्षमा ७२ मात्रै मत झरेको थियो । कयौं देशले आफ्नो संविधानमा सन्तान जन्माउने अधिकारलाई समावेश गरेका छन् । तर गर्भपतनलाई संविधानमै सुनिश्चित गर्ने चाँहि फ्रान्स पहिलो देश हो । फ्रान्सको संविधानमा संसोधन गरिएको यो सन् २००८ यता पहिलो पटक हो ।

राष्ट्रपति इमानुएल म्याक्रोँले यसलाई फ्रान्सका लागि गौरवको विषय बताउनु भएको छ । उहाँले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताउनु भयो । तर गर्भपतन विरोधी संगठनहरूले सरकारको यो कदमको विरोध गरेका छन् । फ्रान्समा सन् १८७५ देखि नै गर्भपातलाई कानूनी मान्यता दिइएको छ ।

हालै भएका जनमत सर्वेक्षणहरूमा करीब ८५ प्रतिशत जनताहरूले संविधान संसोधन गरेर गर्भपतन गर्ने स्वतन्त्रता राखिनु पर्ने पक्षमा मत दिएका थिए । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com