टी २० सिरिजको उपाधि भिडन्त आज : नेपाल लगातार तेश्रो उपाधिको प्रतिक्षामा
प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार
टी २० सिरिजको उपाधिका लागि मंगलबार घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा भएको टी २० सिरिजको लिग चरणमा सबै टिमको चार चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोड्दै फाइनलमा स्थान बनायो । चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो ।
नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुने फाइनलमा भिड्दा नेपालले आइसिसी टी २० विश्वकपअघि नेदरल्यान्ड्सलाई नाडी छाम्ने अबसरको रुपमा लिदैछ । आगामी जेठमा हुने आइसिसी टी २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । त्यसैले नेपालका लागि आजको खेल महत्वपुर्ण रहेको छ ।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी २० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी २० फाइनलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।






