विनाभिसा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हाम्फाल्ने १० घाइते


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

विनाभिसा सिमाक्षेत्रमा आएर अमेरिका र मेक्सिको सीमानाको पर्खालबाट अमेरिकातिर हामफाल्ने खोज्दा खसेपछि घाइते भएका १० जना आप्रवासीहरुलाई अस्पताल भर्ना गरिएको क्यालिफोर्नियाका अधिकारीहरूले बताएका छन् । उनीहरु अमेरिका र मेक्सिको सिमानामा रहेको ३० फिट अग्लो पर्खालबाट खसेर घाइते भएका हुन् ।

सीमा गस्ती एजेन्टहरूले सान डिएगो नजिकैको टिवाना नदी उपत्यकामा शनिबार बेलुका ४ बजे घाइते आप्रवासीहरूलाई फेला पारेका थिए । सान डिएगो फायर रेस्क्यु डिपार्टमेन्टका अग्निनियन्त्रकहरूले उनीहरुलाई उपचारका लागि अस्पताल लगेका छन् । जसमध्ये केहीको हड्डी भाँचिएको जनाइएको छ ।

 टेक्सासको इगल पासमा मेक्सिकोबाट रियो ग्रान्डे नाका पार गरेर अमेरिका प्रवेश गरेपछि आप्रवासीहरू काँडेतारको बारमा चढ्छन्। (सुजान्ने कोर्डेइरो / एएफपी)

त्यहाँ केही बच्चाहरू पनि रहेको तथा ती बच्चाहरूलाई अभिभावकसँग सहरका ट्रमा सेन्टरहरूमा लगिएको जनाइएको छ । बोर्डर फिल्ड स्टेट पार्क नजिकैको ३० फिट अग्लो पर्खालमा चढेका तर नखसेका अरू धेरैलाई सीमा गस्ती एजेन्टहरूले नियन्त्रणमा लिएका थिए ।

सन् २०२३ मा सीमा क्षेत्रका अस्पतालहरूले सीमा पर्खाल चढ्ने प्रयास गर्दा घाइते भएका आप्रवासीहरु प्रति दिन औसत एकजनाको हिसाबले उपचार गरेको तथ्याक रहेको छ । पर्खालबाट खस्नेहरुको मृत्युदर अत्यन्तै उच्च रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ मा मात्र यसरी पर्खाल चढ्न खोज्ने खसेर ९ जनाको मृत्यु भएको थियो भने अरु ३२६ जना घाइतेको उपचार गरिएको थियो । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्म ३४५ जना खसेर घाइते भएको रेकर्ड रहेको छ । जसमध्ये अक्टोबरमा मात्र ७० जना घाइते भएका थिए ।

ट्रम्प प्रशासनले सान डिएगो क्षेत्रमा रहेको १८ फुट अग्लो पर्खालका स्थानमा ३० फुट अग्लो पर्खाल लगाएको थियो । यो पर्खाल चढ्न त निकै मुस्किल रहेको छ तर चढ्न खोज्नेहरुको संख्या उल्लेख्य रहेकाले त्यसक्षेत्रका अस्पतालहरु भरिने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com