सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासबाट विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने कानून शनिबारदेखि


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

CIUDAD JUAREZ, MEXICO – DECEMBER 21: Texas National Guard soldiers stand guard behind concertina wire at the U.S.-Mexico border on December 21, 2022 as seen from Ciudad Juarez, Mexico. Texas Governor Greg Abbott ordered 400 troops to the U.S.-Mexico border at El Paso, which is under a state of emergency due to a surge of migrants crossing from Mexico into the city. Border officials expect an even larger migrant surge at the border if the pandemic era Title 42 regulation is lifted. John Moore/Getty Images/AFP (Photo by JOHN MOORE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

शनिबारसम्म सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासमा विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने राज्यको छुट्टै कानून लागु हुने भएको छ । मार्च ५ बाट लागु हुने तय भएको यो कानून कार्यान्वयन हुनबाट रोक्नका लागि गतसाता टेक्सासको अष्टिनका संघीय न्यायाधिसले आदेश दिएतापनि सप्ताहन्तमा पाँचौं सर्किटको पुनरावेदन अदालतले भने मार्च ९ सम्म सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासको कडा कानून कार्यान्वयन हुने फैसला गरेको छ ।

बाइडेन प्रशासनलाई सर्वोच्च अदालतमा जानको लागि ७ दिनको समय दिँदै पुनरावेदन अदालतले टेक्सासको कानून कार्यान्वयन गर्नका लागि बाटो खोल्ने आफ्नो निर्णय मार्च ९ पछिमात्र लागु हुने निर्णय गरेको छ । सर्वोच्च अदालतले स्थगन नगरेको खण्डमा मार्च ९ गतेसम्म मात्र कानून लागु हुनमा रोक लाग्नेछ । यो कानून सुरुमा मार्च ५ देखि लागू हुने गरी तय गरिएको थियो ।

गत डिसेम्बरमा गभर्नरले हस्ताक्षर गरेको यो कानूनमा अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई फिर्ता पठाउने अधिकार प्रहरी अधिकारीहरुलाई दिइएको छ भने मानव तस्करलाई दण्डित गर्ने प्रावधान पनि रहेको छ । सिनेट बिल ४ अनुशार अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई टेक्सास प्रहरी गिरफ्तार गर्न वा फिर्ता पठाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिलमा मेक्सिकोबाट अवैध रूपमा टेक्सास प्रवेश गरेमा नयाँ राज्य अपराध मान्नेछ भने राज्यका पुलिसलाई त्यस्ता आप्रवासीहरुलाई पक्राउ गर्न अधिकार दिनेछ र आप्रवासीहरूलाई पोर्ट अफ इन्ट्रीमा फर्काउन तथा तिनीहरूलाई मेक्सिको फिर्ता पठाउने आदेश दिन अनुमति दिनेछ । विधेयक अन्तर्गत पहिलो पटक गैरकानुनी रुपमा छिर्नेलाई दोषी ठहर गरेर १८० दिनसम्म जेल सजाय गर्नसक्ने प्रावधान छ । यदि व्यक्ति बारम्बार गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको खण्डमा दुई वर्षसम्म कैद सजाय हुनेछ।

मानव तस्करी गर्नेहरुविरुद्ध न्यूनतम सजाय दुई वर्षबाट बढाएर १० वर्ष बनाइएको छ । बिलमा तस्करीको परिभाषा धेरै फराकिलो छ र कानून प्रवर्तन अधिकारीहरूले साथी वा परिवारलाई सवारी दिने मानिसहरूलाई लक्षित गर्न सक्छन् । बिलले १० वर्ष अनिवार्य न्यूनतम सजाय दिन्छ जबकी हत्या जस्ता प्रथम डिग्री अपराधहरूमा समेत ५ वर्ष न्यूनतम सजाय हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com