अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

Migrant people cross through the banks of the Rio Grande to the US, as seen from Matamoros, state of Tamaulupas, Mexico on May 9, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by ALFREDO ESTRELLA / AFP)

अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरुमा भारतीयको संख्या तेश्रो ठूलो रहेको प्यू रिसर्च सेन्टरको अनुमानले देखाएको छ । उक्त पछिल्लो अनुमान अनुशार अमेरिकामा भारतीय कागजपत्रविहीनहरुको संख्या झण्डै ७ लाख २५ हजार रहेको छ, जुन मेक्सिको र एल साल्भाडोरका कागजपत्रविहीनहरुकोपछि सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकामा ४० लाख ५० हजार मेक्सिकनहरु र ८ लाख एल साल्भाडोरियनहरु कागजपत्रविहीन रहेको प्यू रिसर्च सेन्टरको अनुमान छ । भारतीयहरुपछि चौथो नम्बरमा ग्वाटेमालाका ७ लाख, होण्डुरसका ५ लाख २५ हजार र चाइनाका ३ लाख ७५ हजार कागजपत्रविहीनहरु अमेरिकामा रहेको अनुमान गरिएको छ ।

सबैभन्दा धेरै कागजपत्रविहीनहरु अमेरिकामा हुनेमा शीर्ष पाँचमा ल्याटिन अमेरिका बाहिरको भारत एक मात्र देश हो । सन् २०११ पछि अमेरिकामा कागजात नभएका भारतीयहरूको संख्या ७० प्रतिशतले बढेको छ, जुन सबै राष्ट्रियताहरूको तुलनामा सबैभन्दा छिटो वृद्धि हो। अमेरिकाको सीबीपीको तथ्याङ्कले २०२० र २०२३ को बीचमा कागजपत्रविहीन भारतीय आप्रवासीको संख्या सबैभन्दा छिटो बढेको देखाउँछ।

 (AP Photo/Eric Gay)

२०११ को तुलनामा मेक्सिकन कागजपत्रविहीनको संख्या भने २०२१ मा आउँदा ३४ दशमलव २ प्रतिशतले घटेको देखिएको छ । एल साल्भाडोरका १४ दशमलव ३ प्रतिशत, ग्वाटेमालाका ३३ दशमलव ३ प्रतिशत, होण्डुरसका ६१ दशमलव ६ प्रतिशत, चाइनाका १५ दशमलव ४ प्रतिशत बढेको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विना भिसा अमेरिका प्रवेश गर्ने भारतीय आप्रवासीहरू प्रायजसो मध्यमवर्गीय परिवारका रहेो जनाइएको छ । उनीहरू हिडेर अमेरिका आउनका लागि दलाललाई भुक्तान गर्न आफ्नो जग्गा बेच्छन् । उनीहरुले ४० हजारदेखि १ लाख डलरसम्म खर्च गर्ने गरेको पाइएको छ । अमेरिकामा काम गर्दा उनीहरूको पारिश्रमिक तीन गुणा बढी हुने र आफ्ना छोराछोरीको लागि सुरक्षित भविष्य निर्माण हुने उनीहरुको अपेक्षा छ ।

भारतीय आप्रवासीहरू सुरुमा सजिलै भिषा पाउने देशहरुमा जान्छन् । त्यसपछि दलालहरुले अमेरिका वा क्यानडाको नजिक भएका देशहरुमा पठाउँछन् । त्यहाँबाट उनीहरु हिडेर नै यात्रा तय गर्छन् । , त्यसपछि उनीहरूले कति रकम तिर्छन् भन्ने आधारमा उनीहरू हिडेर वा गाडीमाफर्त अमेरिकी सीमा नजिक पुग्छन् । भारतमा सुरक्षित महसुस नगरेका कारण अमेरिका आएको भन्दै उनीहरुमध्ये प्रायले एसाइलम दावी गर्छन् ।

यो बाटोबाट अमेरिका आउँदा एक दर्जन देशहरू पार गर्नुपर्ने हुन सक्छ भने एक वर्ष भन्दा बढी लाग्न सक्छ। कठिन यात्राका क्रममा कतिपयको ज्यान समेत जाने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com