दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार किसानहरु दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भनेका छन । तर दुग्ध सहकारी सञ्चालकहरु सँग छलफल गर्दा ५ अर्ब जति भुक्तानी रहेको अनुमान गरेका छौं,’ भनेका छन । उहाँले फरक–फरक ठाउँको भुक्तानी माग फरक हुँदा यति नै रकम दिन बाँकी भन्ने यकिन भन्न सकिने अवस्था नरहेको बताउनु हुन्छ ।

देशभरि गरेर १ हजार ८ सय ५७ दुग्ध उत्पादन सहकारी रहेका दुग्ध उत्पादक सहकारी संघ केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ७ अर्ब रुपैयाँ भुक्तानी हुन सकेको छैन, ‘किसानले घरमा पालेको गाईभैंसीलाई ढुटो, चोकर, घाँस खुवाउन नसक्ने अवस्था आइसकेको छ ।

आन्दोलनको मुख्य कारण भनेको ‘सहकारीले किसानको दूध किनेर डीडीसी, डेरी उद्योगहरूलाई दिएको हुन्छ तर त्यसरी दिएको दूधको भुक्तानी दुग्ध उत्पादक किसानलाई दिदैन त्यही बिरोध भएको हो उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुँवरका अनुसार डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन र दुग्ध विकास संस्थान डीडीसीले किसानलाई भुक्तानी दिन बाँकी छ । दुग्ध विकास बोर्डका अनुसार ३० लाख किसान दूध उत्पादनमा संग्लन छन् । अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये २७ लाख लिटर खपत हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com