अमेरिकामा पत्नीको हत्या अभियोगमा पक्राउ रिमाल जेलमा, बिहिबार भिडियोमार्फत अदालतमा पेश गरिने


प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार

अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्या अभियोगमा पक्राउ परेका नेपाली भाषी जेम्स रिमाललाई हिराशतमा लिइएको र अहिले समिट काउन्टी जेलमा स्थानान्तरण गरिसकिएको क्युयाहोगा फल्स प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान जंगलमा फेला परेपछि प्रहरीले उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाएको हो ।

जेम्स रिमाललाई फेब्रअरी २९ बिहिबार अदालतमा पेश गरिने जनाइएको छ । उनलाई स्टो म्युनिसिपल अदालतमा भिडियोमार्फत पेश गरिने तय भएको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ – ‘जेम्स रिमाल अहिले हिरासतमा छन्। उनलाई समिट काउन्टी जेलमा सारिएको छ । रिमाललाई भोलि स्टो म्युनिसिपल अदालतमा भिडिओमार्फत पेश गरिने छ ।’

प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायत ६ वटा गम्भिर अभियोगहरु लगाइएको छ ।

मृतक चन्द्रमाया पौडेल रिमाल । फोटो : क्युयाहोगा फल्स प्रहरी विभाग

आमाको मृत्यु र बाबु हिराशतमा परेपछि बालबालिकाहरुलाई समिट काउन्टी चिल्ड्रेन सर्भिसले जिम्मा लिएको र तीनजना बच्चाहरूलाई परिवारसँग राखेको प्रहरीले जनाएको छ । तर कस्को परिवारसँग राखिएको भन्नेबारे केही बताइएको छैन । उनीहरुका एक छोरा र दुई छोरी रहेका छन् । कान्छी छोरी सन् २०२२ मा जन्मिएको र अहिले झण्डै १५ महिनाकी रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिमाल दम्पत्ति दुबैजना नेपालीभाषी भुटानी भएको र शरणार्थीका रुपमा अमेरिका आएको जनाइएको छ । उनीहरुले अमेरिका आइसकेपछि विवाह गरेका थिए । छिमेकीहरुका अनुशार उनीहरू आफ्ना तीन छोराछोरीका साथमा पाँच वर्षभन्दा कम समयदेखि क्युयाहोगा फल्स स्थीत आफ्नो घरमा बस्दै आएका थिए ।

३३ वर्षीया चन्द्रमाया पौडेल–रिमालको शव मंगलबार बिहान ११ बजेतिर मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको प्रहरीले पुष्टि गरेको हो । समिट काउन्टी मेडिकल परीक्षक अधिकारीले तुरुन्तै मृत्युलाई शङ्कास्पद भनेर उल्लेख गरेका थिए ।

उनी गत बुधबार बिहान बेपत्ता भएको रिपोर्ट गरिएको थियो । उनका पति ३३ बर्षीय जेम्स रिमालले फेब्रुअरी २१ मा चन्द्रमाया आफ्नो कुयाहोगा फल्सको घरबाट बेपत्ता भएको अधिकारीलाई बताएका थिए । आफू बिहान ९ बजे उठ्दा पत्नी चन्द्रमाया हराएको उनले अधिकारीहरुलाई बताएपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनीहरुको घर र वरपरको क्षेत्रमा खोजी गरी छिमेकीसँग सोधपुछ गरेको थियो ।

फोटो : क्युयाहोगा फल्स प्रहरी विभाग

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com