भेनेजुएलाका राष्ट्रपतिद्वारा आकस्मिक बैठक आह्वान


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

काराकास, १० भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकी तेल क्रेताहरुसँगको आकस्मिक बैठकको लागि शुक्रबार आह्वान गर्नुभएको छ ।

अमेरिकाले भेनेजुएलाबाट तेल आयातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि भेनेजुएलाका राष्ट्रपतिले उनीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

“हामीले जुन अमेरिकन कम्पनीहरुलाई तेल बेच्छाँै, ती कम्पनीलाई मैले आकस्मिक बैठकका लागि बोलाएको छु, पछिल्ला निर्णयहरुले पारेको प्रभावका बारेमा हामीले छलफल गर्नेछौं,” मादुरोले टेलिभिजन वक्तव्यमा भन्नुभएको छ ।

शुक्रबार नै नयाँ प्रतिबन्धमा हस्ताक्षर गरिएको छ । भेनेजुएलाले सरकारी तेल कम्पनीका र तेल विबादसम्वन्धी विषयमा छलफल गर्ने जनाएको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामा नयाँ निर्वाचन भएपछिको असन्तुष्टिका कारण तेल कारोबारमा असर पर्ने देखिएपछि छलफल हुन लागेको हो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com