आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन दिएमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ पेश गरेको खण्डमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित हुने युएससीआईएसले प्रष्ट पारेको छ । युएससीआईएसले आई १३०, आई १४० र आई ३६० आवेदनका साथमा स्थिति समायोजन गर्न ग्रिनकार्ड आवेदन दिने व्यक्तिहरूका लागि स्पष्टीकरण जारी गरेको हो ।

अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकले योग्य परिवारका सदस्यका लागि आई १३० फाइल गर्न सक्छन् भने यो आवेदनका साथमा अहिले ग्रिनकार्ड आवेदन आई ४८५ भने अमेरिकी नागरिकका अमेरिकाभित्रै हुने दम्पत्ति, २१ बर्ष नपुगेका छोराछोरी र बाबुआमाका लागिमात्र दिन सकिन्छ । परिवारमा आधारित अन्य श्रेणीका ग्रिनकार्डका सन्दर्भमा भने भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्छ ।

त्यस्तै आई १४० आवेदन अमेरिकी रोजगारदाताले विभिन्न श्रेणीका रोजगारमा आधारित ग्रिनकार्डका लागि कामदारहरुका तर्फबाट युएससीआइएसमा पेश गर्न सक्छन् । विज्ञान, कला, शिक्षा, व्यापार, वा एथलेटिक्समा असाधारण क्षमता भएकाहरुका लागि एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड र राष्ट्रिय हितमा जागिर प्रस्तावको आवश्यकताबाट छुट खोज्ने विज्ञान, कला, व्यवसायमा असाधारण क्षमता दाबी गर्ने एडभान्स डिग्री लिएका पेशाकर्मीहरुले भने आफै पनि आई १४० आवेदन पेश गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले रोजगारमा आधारित पहिलो श्रेणीका ग्रिनकार्डका सन्दर्भमामात्र अमेरिकाभित्रै हुने आवेदकका लागि आई १४० का साथमा आई ४८५ फाइल गर्न सकिन्छ । अन्य श्रेणीका ग्रिनकार्डका सन्दर्भमा भने भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्छ । त्यस्तै आई ३६० आवेदन अमेरिकी नागरिकका विधवा वा विशेष आप्रवासीका लागि पेश गर्न सकिन्छ । विशेष आप्रवासीहरुमा विशेष आप्रवासी किशोर, धार्मि कामदार, चिकित्सक लगायत पर्छन् ।

जब यी फारमहरूका साथमा ग्रिनकार्ड आवेदन एकसाथ फाइल गरिन्छ, तब प्रशोधन समयरेखाबारे अपडेट खोज्ने व्यक्तिहरूले आई ४८५ को प्रशोधन समय चेक गर्नुपर्छ । यी श्रेणीहरुमा एकसाथ फाइल गर्दा कतिसमय लाग्छ भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

उदाहरणका लागि आई१४० सँगै फाइल गरिएको ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया पूरा हुन क्यालिफोर्निया सर्भिस सेन्टरमा औषतमा साढे १९ महिना लाग्छ भने नेब्रास्का सर्भिस सेन्टरमा साढे ३८ महिना लाग्छ । त्यस्तै टेक्सास सर्भिस सेन्टरमा ४९ महिना लाग्छ । त्यस्तै परिवारमा आधारित आई १३० आवेदनसँगै फाइल गरिएको ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया पूरा हुन न्युयोर्कको क्वीन्समा २० महिना लाग्छ भने क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा १३ महिना लाग्छ । हाल युएससीआईएसले हरेक आवेदनका लागि लाग्ने प्रकृया अवधि छुट्टा छुट्टै पनि उपलब्ध गराउन लागेको छ, त्यसका लागि तपाईले युएससीआईएसमा अनलाइन एकाउन्ट खोल्नुपर्छ ।

थप जानकारी र विशिष्ट मार्गदर्शनको लागि युएससीआईएस वा लाइसेन्सप्राप्त अध्यागमन वकिलसँग सिधै परामर्श गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com