टीपीएसवाहकले गैर आप्रवासी भिसा कायम राख्न वा आवेदन दिनसक्ने


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

टीपीएस भएका व्यक्तिहरूले अझै पनि विद्यार्थी भिसा एफ वान जस्ता अन्य गैरआप्रवासी भिसाहरुको लागि आवेदन दिन र पहिले आफूसँग भएका त्यस्ता भिसाहरु कायम राख्न सक्ने युएससीआईएसले प्रष्ट पारेको छ । यसको मतलब तपाईंसँग टीपीएस छ भने पनि तपाईंले नयाँ गैरआप्रवासी भिसाको लागि आवेदन दिन सक्नुहुनेछ ।

टीपीएसवाहकले एफ वान विद्यार्थी भिसा, एचवान बी कामदार भिसा वा भिजिटर भिसा जस्ता गैरआप्रवासी भिसाका लागि आवेदन दिन सक्नेछन् । यदि पहिले नै गैरआप्रवासी भिसा भएका टीपीएसवाहकले पनि गैर आप्रवासी भिसाको विशिष्ट स्थितिका लागि योग्यताका आवश्यकताहरू पूरा गर्न जारी राख्दासम्म आफूसँग भएको गैरआप्रवासी भिसालाई कायम राख्न सक्नेछन् ।

टीपीएसको लागी आवेदन दिंदा अन्य अध्यागमन लाभहरूको लागि तपाइँको योग्यतामा कुनै असर नपर्ने र अन्य अध्यागमन लाभहरु लिंदा टीपीएसको योग्यतामा पनि कुनै असर नपर्ने युएससीआईएसले प्रष्ट पारेको हो । यो याद राख्नु महत्त्वपूर्ण छ कि टीपीएस एक अस्थायी लाभ हो र यसले स्वत स्थायी बसोबासको बाटोमा पुर्‍याउँदैन। तर टीपीएसवाहकले योग्य भएको खण्डमा रोजगार, परिवार वा अन्य आधारका लागि ग्रिनकार्डका लागि आवेदन दिन भने सक्नेछन् ।

अमेरिका बाहिर यात्रा गर्ने टीपीएस भएका व्यक्तिहरूले सामान्यतया देशमा पुन प्रवेश गर्ने प्रयास गर्नु अघि ट्राभल डकुमेन्ट कागजात प्राप्त गर्न आवश्यक छ। थप जानकारी र विशिष्ट मार्गदर्शनको लागि युएससीआईएस वा लाइसेन्सप्राप्त अध्यागमन वकिलसँग सिधै परामर्श गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com