उज्बेकिस्तानमा दूषित खोकीको औषधिले ६८ बालबालिकाको ज्यान लियो ,सम्लग्नलाई जेल सजाय


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

woman in gold dress holding sword figurine

उज्बेकिस्तानमा दूषित खोकीको औषधिले ६८ बालबालिकाको ज्यान लिएको छ । कैयौ अपाङ्ग भएका छन । त्यहाँको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा सम्लग्न २३ जनालाई जेल सजाय सुनाएको छ ।

सजायको दायरा २ देखि २० वर्षसम्मको रहेको बीबीसीले जनाएको छ । हानिकारक दूषित सिरपहरू भारतको मेरियन बायोटेकले उत्पादन गरेको र उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो ।

उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सबैभन्दा लामो २० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । आयातित औषधिलाई इजाजतपत्र दिन जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले यसअघि नै मेरियन बायोटेकका दुईवटा कफ सिरप एम्ब्रोनोल र डोक–१ म्याक्स कम गुणस्तरको औषधि रहेको बताएको थियो ।
अदालतले ज्यान गुमाउने ६८ जना बालबालिकाका परिवारलाई र खोकीको सिरप खाँदा अपाङ्ग भएका चार जना बालबालिकाका परिवारलाई ८० हजार डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com