कतार विश्वकपका पाका खेलाडिलाई बलात्कारको आरोपमा जेल सजाय
प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार
(Rio de Janeiro – RJ, 07/07/2019) Presidente da República, Jair Bolsonaro, e o Presidente da Confederação Sul-Americana de Futebol (CONMEBOL), Alejandro Domínguez, durante entrega da premiação da Copa América 2019. Foto: Clauber Cleber Caetano/PR
कतार बिश्वकपमा सबैभन्दा पाको उमेरका खेलाडि रहेका ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् । ४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ । आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् ।
बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो ।

आल्भेसले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेइन पीएसजी लगायतका क्लबबाट खेलिसकेका छन् । आल्भेस कतारमा भएको विश्वकप फुटबलमा ब्राजिलको टोलीमा थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् ।






