अदालतमा मुद्धा थपिदै , डेढ लाख बढि फैसला हुन बाँकी


प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा मुद्धाको चाप बढदै गएको देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनमा मुद्दा फर्छ्योट हुन बाँकी रहेको तथ्याङक हेर्दा मुद्धाको चाप बढि रहेको देखिएको हो । प्रतिबेदनका अनुसार १ लाख ५८ हजार १ सय ४७ मुद्धा फर्छ्योट गर्न बाँकी रहेको देखिन्छ ।

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षदेखि जिम्मेवारी सरेका १ लाख ५९ हजार आठ सय ५१ र चालु आर्थिक बर्षमा नयाँ दर्ता भएका १ लाख ८० हजार १ सय ३९ गरी जम्मा मुद्दा तथा रिटको वार्षिक लगत ३ लाख ३९ हजार नौ सय ९० कायम भएको हो । त्यसमध्ये १ लाख ८१ हजार ८ सय ४३ अर्थात् ५३ दशमलव ४८ प्रतिशत मुद्दा तथा रिट फर्छ्योट भएको प्रतिवेदनमा जनाइएको छ ।

सर्वोच्च अदालतमा गत आथिक वर्षदेखि जिम्मेवारी सरेका २९ हजार छ सय ५४ र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका ९ हजार २ सय ७९ गरी जम्मा मुद्दा तथा रिटको लगत ३८ हजार ९ सय ३३ कायम भएकामा सो मध्ये ११ हजार ७३ अर्थात् २८ दशमलव ४४ प्रतिशत फर्छ्योट भई २७ हजार आठ सय ६० बाँकी रहेको छ ।

१८ वटा उच्च अदालत एवं इजलासमा गत आर्थिक बर्ष देखि जिम्मेवारी सरेका २५ हजार आठ सय ५४ थान र यस आवमा नयाँ दर्ता भएका ३७ हजार गरी मुद्दा तथा रिटको जम्मा लगत ६२ हजार ८ सय ५४ कायम भएकामा ३८ हजार आठ सय ६८ अर्थात् ६१ दशमलव ८४ प्रतिशत फर्छ्योट भई २३ हजार नौ सय ८६ बाँकी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेका १ लाख २ हजार तीन सय ६९ र यस आर्थिक बर्षमामा नयाँ दर्ता भएका १ लाख ३२ हजार चार सय ६८ गरी मुद्दा तथा रिटको जम्मा लगत दुई लाख ३४ हजार आठ सय ३७ कायम भएकामा एक लाख ३० हजार चार सय सात अर्थात् ५५ दशमलव ५३ प्रतिशत फर्छ्योट भई एक लाख चार हजार चार सय ३० बाँकी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com