युरोपको शेंगेन भिसा शुल्कमा १२ प्रतिशत वृद्धिको प्रस्ताव, १८० युरोसम्म


प्रकाशित मिति : माघ २९, २०८० सोमबार

युरोपेली आयोगले शेंगेन भिसाका लागि आवेदन शुल्कमा १२५ वृद्धिको प्रस्ताव गरेको छ। बृद्धिपछि वयस्कहरूले भिसाका लागि हालको ८० युरोबाट ९० युरो तिर्नु पर्नेछ भने बालबालिकाका लागि शुल्क ४० युरोबाट बृद्धि भई ४५ युरो तिर्नुपर्नेछ । युरोपियन युनियनभन्दा बाहिरका देशका ९० दिनको अन अराइभल भिसाका लागि योग्य नहुने देशका नागरिकले शेंगेन क्षेत्रमा प्रवेशका लागि शेंगेन भिसा अनिवार्य आवश्यकता हो ।

सदस्य राट्र्रहरुबाट देशनिकाला हुनेहरुलाई आफ्नो देश फर्काउनका लागि सहयोग नगर्ने देशका नागरिहरुका भिसा शुल्क अझ बढाउने प्रस्ताव गरिएको छ । त्यस्ता देशहरुका सन्दर्भमा शुल्क वयस्कहरूको लागि केहीदेशमा १२० युरोबाट बढाएर १३५ युरो बनाइनेछ भने केही देशमा १६० युरोबाट बढाएर १८० युरो बनाइनेछ ।

blue and yellow flag

प्रस्ताव आगामी महिनाहरूमा लागू हुने अपेक्षा गरिएको छ । युरोपेली आयोगले सदस्य राष्ट्रका विज्ञहरूको पर्याप्त समर्थन पछि यो मस्यौदा प्रस्तुत गरेको हो । मार्च १ सम्म यसबारे प्रतिक्रिया मागिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपियन युनियनभित्रका नागरिकहरूले मार्च १ सम्म प्रस्तावमा आफ्नो राय व्यक्त गर्ने अवसर पाएका छन् । आयोगले बढ्दो मुद्रास्फीतिलाई आवेदन शुल्कमा बृद्धि हुनुको प्रमुख कारणको रूपमा उद्धृत गरेको छ। त्यस पछि युरोपियन युनियनको आधिकारिक जर्नलमा प्रकाशित भएको २० दिन पछि नयाँ नियम लागु हुनेछ ।

आयोगले सामान्यतया प्रत्येक तीन वर्षमा भिसा शुल्कहरू परिमार्जन गर्दछ। शुल्क समायोजनको अतिरिक्त आयोगले बाह्य प्रदायकहरू, मुख्यतया भिसा एजेन्सीहरूलाई प्रस्तावित संशोधन अनुरूप आफ्नो सेवा शुल्क बढाउन सक्षम बनाउने विचार गरिरहेको छ। नयाँ प्रस्ताव अन्तर्गत बाह्य प्रदायकहरू लिइने अधिकतम शुल्क ४० युरोबाट ४५ युरो पुग्नसक्छ । भिसा विस्तारको शुल्क भने ३० युरो नै स्थीर रहनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com