‘संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिब्यक्ति मुलुकका लागि दुर्भाग्यपूर्ण’


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

भाद्र ९, २०७४   प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनबारे दिएको अभिब्यक्तिलाई लिएर प्रमुख दलका शीर्ष नेताहरुले आपत्ति जनाएका छन् । ब्यवस्थापिका संसदबाट टुंगी सकेको बिषयबारे भारतीय उच्चअधिकारी समेत उपस्थित संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनबारे बोल्नु आवश्यक नरहेको उनीहरुको भनाई थियो । नयाँदिल्लीमा हिजो भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि दुई तिहाई बहुमत जुटाउन नसकेपनि आगामी दिनमा जसरी पनि संशोधन गराउने अभिब्यक्ति दिनुभएको थियो । पत्रकार सम्मेलनका लागि तयार वक्तब्यमा उल्लेख नभएको सन्दर्भ झिक्दै प्रधानमन्त्री देउवाले संशोधनको बिषयबारे आफ्नो धारणा राख्नु भएको थियो भने हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव एस जयशंकरले संशोधनबारे भारतको पोजिसन कायमै रहेको बताउनुभएको थियो ।

नियमित स्वास्थ्य उपचारका लागि थाईल्याण्ड उड्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाले भारतमा गएर असान्दर्भिक ढंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु लज्जाको विषय भएको टिप्पणी गर्नुभयो ।   भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले देशको स्वाभिमानको वास्ता नगरेको ओलीको आरोप थियो । उहाँको प्रश्न थियो, यो कस्का लागि र कस्लाई खुसी पार्न गरिएको हो ? यसले संसदको निर्णयको धज्जी उडाएको छ ।’  सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका विषयमा प्रधानमन्त्री देउवाले भारतमा बोल्नु गलत भएको टिप्पणी गर्नुभयो । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको बताउँदै अध्यक्ष दाहालले संसदबाट टुंगिसकेको विषयमाथि भारतमा थप टिप्पणी आवश्यक नभएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘संसदमा असफल भैसकेको विषयलाई भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवाले दिनलाई हत्केलाले छोपेर रात बनाउने काम गरेको भन्दै नेपाली राजनीतिमा एउटा दुखद घटना भएको टिप्पणी गर्नुभयो । सिंहदरवारमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री विदेशमा रहेका बेला आलोचना गर्नु उपयुक्त नहुने भएपनि औपचारिक भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले मुलुकको स्वाभिमानमा आँच पुगेको बताउनुभयो । संविधान संशोधन विधेयक असफल भएको केही दिन मै बिदेशी भूमिमा चुनाव पछि बहुमतद्वारा संशोधन पास गराउने बचन दिनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको अध्यक्ष थापाको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com