जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

बेरुत, ९ भदौं । सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन ।

राका प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको छ ।

यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए । राका प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो ।

आइएस आतङ्ककारी समूहले मदान सहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसियाको समर्थनमा आइएस आतङ्ककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी राका सहरमा भने छुट्टै लडाई जारी राखेका छन ।

जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, सहरहरुमध्य एक यस सहरबाट आइएस आतङ्ककारीलाई निकाल्नको लागि सिरियन डेमोक्रयाटीक फोसेस (एसडिएफ) र अमेरिकाआवद्ध कुदिस र अरब लडाकूहरुको प्रयास जारी रहेको छ ।

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राका सहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।

सोही आन्दोलन कारक हुदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी यस आन्दोलनमा लाखांै घाइते भएका छन् भने, लाखौले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com