८५ हजार कामदार भिसामा जालसाजी रोक्न अमेरिकी सरकारले ल्यायो नयाँ नियम


प्रकाशित मिति : माघ १७, २०८० बुधबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ८५ हजार कामदार भिसामा जालसाजी रोक्न नयाँ अन्तिम नियम ल्याएको छ । यो नियमले कामदार भिसा एचवानबीको दर्ता चयन प्रक्रियालाई परिवर्तन गर्नेछ । दर्तालाई केन्द्रीत नगरी अब लाभार्थीलाई केन्द्रीत गरेर लोटरी प्रणालीमार्फत चयन गरिनेछ । फेब्रुअरी २ मा प्रकाशित हुने तय गरिएको यो नियम ३० दिन पछि प्रभावकारी हुनेछ । अर्थात् कामदार भिसा एच वान बीको लोटरी मार्च ६ मा खुल्नु अगाडि नै यो नियम मार्च २ बाट कार्यान्वयनमा आउनेछ ।

नयाँ अन्तिम नियमले अक्टोबरमा जारी कामदार भिसा एचवान बीको आधुनिकीकरण प्रस्तावमा समावेश भएका केही प्रावधानहरू मात्र लागू गर्नेछ। पूर्ण आधुनिकीकरण कार्यक्रम लागू गर्न भविष्यका अन्य अन्तिम नियमहरू ल्याइने जनाइएको छ ।

एच वान बी दर्ता प्रणालीले सन् २०२० देखि लागू भएको दर्ता केन्द्रित प्रणालीलाई हटाएर लाभार्थी केन्द्रित प्रणालीमा लागु गर्नेछ। लाभार्थी केन्द्रित प्रणाली अन्तर्गत लोटरीमा दर्ताका लागि आवेदकको पासपोर्ट आवश्यक हुनेछ । पासपोर्ट नम्बरलाई लाभार्थीको अद्वितीय पहिचानको रूपमा प्रयोग गरिनेछ । प्रत्येक लाभार्थीलाई एचवान बी छनोट प्रक्रियामा एक पटक मात्र समावेश गरिनेछ, उनीहरुको तर्फबाट जति दर्ताहरू पेश गरिएको भएता पनि एकपटकमात्र प्रकृयामा समावेश गरिनेछ ।

नयाँ प्रणाली अन्तर्गत यदि कुनै कामदार लोटरीमार्फत छनौट भएमा लाभार्थीको तर्फबाट दर्ता गर्ने सम्भावित रोजगारदातालाई सूचित गरिनेछ । त्यसपछि रोजगारदाताले भिसा प्रकृया अगाडि बढाउनका लागि आवेदन दिन योग्य हुनेछन् । यस तरिकाले छनोट प्रक्रिया परिवर्तन गरेर एउटै विदेशी नागरिकको तर्फबाट धेरै दर्ताहरू पेश गर्न सहयोग गरेर विदेशी नागरिकको छनोटको अवसरलाई अनुचित रूपमा बढाउने कुरालाई दुरुत्साहन गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ लाभार्थी केन्द्रित प्रणाली लागू गर्न एक विदेशी नागरिकले आफ्नो तर्फबाट दायर गरिएका सबै दर्ताहरूको लागि एउटा मात्र राहदानी वा यात्रा कागजात प्रयोग गर्न आवश्यक हुनेछ। यदि युएससीआईएसले फरक पहिचान जानकारी प्रयोग गरी एउटै विदेशी नागरिकका लागि दर्ताहरू पेश गरिएको निर्धारण गरेमा लोटरीमा समावेश हुनका लागि अयोग्य ठहराउनुका साथै छनोट भइसकेपछि फाइल गरिएका एचवान बी आवेदन अस्वीकार वा रद्द गर्न सक्छ। विदेशी नागरिकलाई पासपोर्ट जारी गर्न सक्षम नभएमा वा राज्यविहीन व्यक्ति वा शरणार्थी भएको खण्डमा मात्र ट्राभल डकुमेन्ट स्वीकार्न सकिनेछ ।

विदेशी नागरिकहरूले त्यही पासपोर्ट वा ट्राभल डकुमेन्ट प्रयोग गरेर दर्ता गर्नुपर्छ जुन पासपोर्ट वा ट्राभल डकुमेन्टबाट उनीहरूले अमेरिकामा प्रवेश गर्न प्रयोग गर्ने योजना बनाएका छन् । दर्ताको समयमा अमेरिकामा भएकाहरुले पनि भविश्यमा प्रयोग गर्ने पासपोर्ट वा ट्राभल डकुमेन्ट प्रयोग गर्नुपर्छ । लोटरीमा छनौट भइसकेपछि मूल आवेदन दर्ता गर्दा सुरुमा लोटरीमा दर्ताका लागि दिएको पहिचान जानकारी नै समावेश हुनुपर्छ । यसको मतलब दर्ताको लागि प्रयोग गरिएको पासपोर्टको प्रतिलिपि एचवान बी पिटिसनमा समावेश हुनुपर्छ। यद्यपि, युएससीआईएससँग विवाहको कारण कानुनी नाम परिवर्तन, लिङ्ग पहिचानमा परिवर्तन वा नवीकरण वा प्रतिस्थापनको कारणले पासपोर्ट नम्बर वा म्याद समाप्ति मितिमा आएको परिवर्तनलाई स्वीकार्ने तजविज अधिकार छ ।

अन्तिम नियम अन्तर्गत एचवान बी प्रक्रियामा गलत बयान वा जालसाजी विरुद्ध लड्ने धेरै अन्य नियमहरू पनि कडा गरिएको छ । एक सम्भावित निवेदकले कुनै पनि आर्थिक वर्षमा प्रति लाभार्थी एक दर्ता मात्र पेश गर्न सक्छ। यो नियम पहिलेको नियम अन्तर्गत एचवान बी को मूल पिटिसनमा मात्र लागू थियो र अब लोटरीका लागि दर्ताहरूमा समेत यो नियम विस्तार गरिएको छ । सुरुको लोटरी दर्ता, लेबर र्सिर्टफिकेशन र मूल याचिकामा रहेका विवरणहरु फरक रहेको पाएमा पनि युएससीआईएसले आवेदन अस्वीकार गर्न सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com